शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिकामा घुस खाएको प्रमाण फेला परे मेरो राजीनामा हुन्छ
जेठ २०, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ २० - 
नवनिर्वाचित लहानका मेयर महेश प्रसाद चौधरीले सेवा ग्राही बाट नगरपालिका भित्र कसैले खुस खाएको प्रमाण फेला परे राजिनामा दिने उद्घोष गर्नु भएको छ।  राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोएसन नेपाल लहान नगर समितिले आयोजना गरेको शैक्षिक अन्तरक्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो उद्घोष गर्नु भएको हो। मेयर चौधरीले तपाईहरु लहान नगरपालिकामा आउँनुस् ,काम गराएर जानुस् । यद्दि कुनै कर्मचारी वा मैले एक रुपैयाँ खाएको प्रमाण दिनुस् त्यही दिन राजीनामा दिन्छु। राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोएसन नेपाल लहान नगर समिति संग यो भन्दा अगाडि दायाँ र बायाँ भएको होला " अब प्यावसन र एन प्यावसन दूवै मेरो मुटु हुन्। विभेद हुँदैन । शिक्षा समिति सबैको समान अधिकार हुने गरी गठन गरिने उहाँले बताउँनुभयो। 

 मेयर चौधरीले फाउन्डर प्रिसिन्पलहरुले बोर्डिँगबाट कमाएर चिलो गाडी चढ्न सक्ने तर कर तिर्नलाई ८ / १० हजारको कुरा गर्नु दुखद रहेको बताउनु भयो । आवश्यकता अनुरुप कर तिरेन भने लहानलाई शैक्षिक हव कसरी बनाउने ? तपाईहरु कर तिर्नस् । नगरपालिकासँग लिनु पर्ने सबै सुविधाहरु लिनुस भनि सम्पूर्ण फाउन्डर प्रिसिन्पलहरुलाई उहाँले आग्रह गर्नु गर्दै तपाईहरु छातीमा हात राखेर भनुस् । कति दलित गरिबलाई निःशुल्क शिक्षा दिनु भएको छ ? शिक्षा ऐनमा लेखे अनुसार १० प्रतिशत दलित गरिबलाई निःशुल्क पठ्नपाठन गराउँनुपर्ने हो तर त्यो सुविधा दिनु भएको छ ? भनि प्रशन गर्दै नगरपालिकाबाट के सुविधा दिनुपर्छ त्यसमा पछि नहट्ने प्रतिबध्ता जनाउनु भयो। शिक्षा ऐन अनुरुप लहान नगरपालिका अलिकति पनि पछाडि नपर्ने मेयर चौधरीले बताउँनुभयो । लहानका बोर्डिगले दलित गरिब मजदुरको बच्चालाई पढाई दिनुस् । पैसा मात्रै कमाएर हुँदैन । शिक्षाको वारेमा ठुलोठुलो कुरा गरेर हुँदैन । जुन ठाउँबाट पैसा कमाउँनु हुन्छ त्यही ठाउँमा प्रयोग गर्नुस,
 शिक्षामा आजसम्मको जरिवाना जति छ त्यो आजैदेखि मिनहा हुन्छ घोषणा गर्दै मेयर चौधरीले सात दिन भित्र बक्यौता सम्पूर्ण कर तिर्न आग्रह गर्नु भयो।  

 कार्यक्रममा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले विद्यार्थी देशको भविष्य हो । विद्यार्थीहरुलाई हप्तामा एक दिन कृषि कार्यमा ५ घण्टा श्रम गराउँने योजना रहेको बताउँनुभयो । बालबालिकाहरु कुलतमा फस्दै गएको छ । यिनीहरुलाई कुलततर्फ नजान दिन विशेष खेलकुदको व्यवस्थापन गर्ने भन्दै मेयर महतोले विद्यालयको भौतिक सुधारसहित आमुल परिवर्तनको खाचो रहेको बताउँनुभयो । 
लहानका उपमेयर रामचरितर महतोले जबसम्म शिक्षा, स्वास्थ्य र रोजगारी सवल हुँदैन तबसम्म विकास निर्माण फड्को मार्न नसक्ने भएकोले आमुल परिवर्तनको खाचो रहेको बताउँनुभयो । नेपाल प्यावसनका केद्रीय अध्यक्ष पाण्डव हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला  उद्योग वाणिज्य  संघ सिरहा लहानका अध्यक्ष अशोकलाल अमात्य, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता, हिसानका राष्ट्रिय उपाध्यक्ष धरनिधर अधिकारी, फाउन्डर प्रिसिन्पल जितेन्द्रप्रकाश महतो लगायतले मन्तव्य खारेका थिए । कार्यक्रमको संचालन एभरेष्ट कलेजका प्रिन्सिपल चक्रपानी दहालले गर्नु भएको थियो। कार्यक्रमा मेयर चौधरी र महतो संगै उपमेयर महतोलाई फुलमाला,अबिर,गम्छा,दोसल्ला र मायाको चिनोले सम्मानित गरिएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.