शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्राइम लाइफ इन्स्योरेन्स द्वारा दलित वस्तीमा भाडाकुडा वितरण
जेठ २०, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ २० - 
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सिरहाको दलित वस्तीमा भाडाकुडा वितरण गरेका छन्। प्राइम लाइफको १५ औ वार्षिक उत्सवको दुई दिन पुर्व सिरहाको सखुवानन्कारकट्टी वडा न.१ को मौवाही र लतियाही मधुवनी टोलमा बसोबास गर्ने राज्यले सिमान्तकृत वर्गमा वर्गीकृत गरेको मुसहर समुदायलाई कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सामुहिक भोजभतेर गर्नका लागि अति आवश्यक सामाग्रीहरु प्रदान गरिएको छ। शुक्रवार प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले लतियाही मधुवनी टोलका २५ घर परिवार र मौवाही टोलका २८ घर परिवारको मुसहर जातिका अगुवा उत्तिमलाल सदाय मुखिया र महेन्द्र सदाय मुखियाको रोहवरमा दुवै टोलका मुसहर समुदायलाई टोप सेट २-२ थान,कराह २-२ थान,नादि ५-५ थान,छोलनी १-१ थान,कलछुल ठुलो १-१ थान,कलछुल सानो १-१ थान,जग २-२ थान,झाँझ १-१ थान,भठी चुलो ठुलो १-१ सेट र भठी चुलो सानो १-१ सेट सामाग्रीहरु स्थानीय तथा प्राइम लाइफ इन्सुरेन्स कम्पनीका पदाधिकारी संगै कर्मचारीहरुको उपस्तिथिमा शुक्रबार हस्तानतरण गर्नु भयो। 

सामग्री हस्तानतरण गर्ने क्रममा अधिकृत भट्टराइले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले उपलध गराएको सामाग्री कुनै दान नभई माया र सम्झना स्वरूप उपलब्ध गराएको भन्दै यसमा कुनै संकोच नमानी सबैले मिलिजुली समुदायमा कसैको विवाह,भोज भतेर भएको खण्डमा सामानहरुको सहि सदुपयोग गर्न आग्रह गर्दै भविष्यकोलागि आफु र आफ्ना सन्तानको उज्वल भविष्य निर्माणका लागि बचत संगै बिमा गर्न पनि सल्लाह सुझाव दिएका थिए। 

यसै बीच सामाग्री लिने क्रममा त्यहाका स्थानीयहरु हर्षित हुँदै प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद ज्ञापन गरेका छन्। मुसहर जातिका अगुवा उत्तिमलाल सदाय मुखियाले आफुहरुको समुदायमा कुनै पनि किसिमको भोज भतेर हुँदा टेन्टबाला संगै यहाका हुने खानेहरुले सानो जाति भएको भन्दै भोजभतेर गर्न सामाग्रीहरु नदिइरहेको अवस्थामा  प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले भोजभतेर गर्ने सामाग्रीहरु उपलब्ध गराएर आफुहरुको समुदाय माथि ठुलो गुण लगाएको भन्दै उपस्थित सम्पूर्ण कम्पनीका व्यक्तिहरुमा धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गरेका थिए। प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना भएको १४ बर्ष पुरा गरि १५ औ बर्षमा यहि जेठ २२ गतेका दिन प्रवेश गर्न लागेको अवसरमा कम्पनीले अतिआवश्कीय सामागरिहरु प्रदान गरेको जनाइएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.