शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अष्ट्रेलिया विरुद्धको पहिलो टेष्टमा भारत मात्र एक सय ५ रनमा
फाल्गुन १३, २०७३ | सरगम खबर समाचारदाता

फागुन १३ भारत -
अष्ट्रेलिया विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा भारत मात्र एक सय ५ रनमा धरासायी भएको छ ।पुनेमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो पारीमा दुई सय ६० रनमा अलआउट भएको थियो । जवाफमा पहिलो पारी सुरु गरेको भारत मात्र एक सय ५ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । २६ रन हुदा पहिलो विकेट गुमाएको भारले ९५ रन हुदा पाच विकेट खेर फालेको थियो । तर त्यसपछि थप १० रन जोडदा बाकि ५ विकेट गुमायो । भारतका लागि लोकेश रावलले ६४ तथा अजिन्क्या राहानेले १३ रन बनाए । विराट कोहली खाता खोल्न नपाउदै आउट भए । भारतको पारीलाई धोस्त बनाउन स्टिभ केफीले ३५ रन खर्चेर ६ विकेट लिए भने मिचेल स्टार्कले दुई विकेट लिए ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.