शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको विद्यालयमा नगर प्रमुख चौधरी र उपप्रमुख महतोको छडके
जेठ २३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ २३ - 
लहान नगरप्रमुख महेश प्रसाद चौधरी र उपप्रमुख राम चलितर महतोले सोमबार लहान १० स्थित जनता आधारभूत विद्यालयमा छडके अनुगमन गरेका छन्।आइतबार लहान नगरपालिकाको सभा हलमा नगर प्रमुख चौधरीले सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुको भेला बोलाएका थिए। नगरप्रमुख चौधरीले आइतबार नगर क्षेत्र भित्र रहेका ५९ वटै सामुदायिक विद्यालय सुधार गर्ने योजना तथा विद्यालयका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउदै शिक्षकरुलाई लहान नगरपालिकाको शिक्षा ऐन भित्र रहेर पठन-पाठन गराउन  निर्देशन समेत दिएका थिए। 

सोहि अनुरुप निर्देशन पालना भयो कि भएन भनेर सोमबार लहान १० स्थित जनता आधारभूत विद्यालय पुगे । विद्यालयका प्रअ रंगलाल साह उपस्थित नभएको पाए। शिक्षक हाजिर छ कि छैन ? हाजिर नभएकाहरु कसरी अनुपस्थित छन् ? विदाको लागि निवेदन दिएको छ कि छैन ? शौचालय निरिक्षण गर्दै सरसफाई किन नियमित भइरहेको छैन ? त्यो सबै विषयमा अनुगमन गर्दै सरसफाई नियमित रुपमा गर्नुपर्ने निर्देशन दिएका छन् ।

यसै बीच उक्त विद्यालयमा पूर्व मेयर मुनी साहले कार्यापालिका सदस्य नथूनी पासमानलाई विद्यालय व्यवस्थापन अध्यक्षको जिम्मेवारी तोकेको आफुलाई जानकारी प्राप्त भएको नगर प्रमुख चौधरीले बताए । कार्यापालिका सदस्य र अध्यक्ष एकैजना कसरि भएको विषयमा पनि मेयर चौधरीले चासो लिएका छन् । विद्यालयमा देखिएका समस्या समाधान गर्न तुरुन्त पहल गर्ने नगर प्रमुख चौधरीले बताए ।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.