शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिकामा सहायता कक्ष स्थापना
जेठ २७, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ २७ - 
लहान नगरपालिकामा सहायता कक्ष स्थापना गरिएको छ। सेवाग्राहीलाई नगरपालिका भित्र सेवा लिन कुनै समस्या नहोस भन्दै नगरपालिकामा सहायता कक्षको स्थापना गरिएको लहान नगरप्रमुख महेश प्रसाद चौधरीले जानकारी दिनुभयो। विगतमा सेवाग्राहीहरु कुनै काम गराउन आउदा कुन फाटमा जाने ,कुन कोठामा जाने एउटै कामका लागि कोठै पिच्छै भौतारी रहनु पर्ने लगायतका समस्याहरु भोग्दै आइरहनु भएका सेवाग्राहीहरुलाई आफ्नो काम कुन फाटमा हुने , कुन कोठामा जानु पर्ने,जुन कामले आएको हो" त्यो काम नगरपालिका मातहत भित्र पर्छ वा पर्दै भन्ने कुराको जानकारी संगै उचित परामर्श , पढन लेख्न नजान्नेलाई सहायता कक्षमा उपस्थित कर्मचारीले सहज रुपमा कामकाज गराई दिने उद्देश्यका साथ सहायता कक्ष स्थापना गरिएको नगर प्रमुख चौधरीले जनाए। यसै बीच सहायता कक्षमा कर्मचारीले सहयोग गर्न अटेरी गरे सेवा ग्राहीलाई नगर प्रमुखको कक्षमा आई आफुलाई जानकारी गराउन हुन् समेत नगर प्रमुख चौधरीले नाग्र्वासिमा आग्रह गर्नु भएको छ। 

त्यस्तै नगर कार्यपालिकाको बैठकमा पेश भएका विषयहरुमा छलफल गर्दा वडा बजेट सिलिङ्ग निर्धारण सम्बन्धमा २४ वटै वडालाई सम्मान ५०/५० लाख उपलब्ध गराउने ,स्रोत नखुलेका योजना तथा कार्यक्रमको ठेक्का रद्द गर्ने ,लहान नगरपालिकालाई बुझाउनु पर्ने राजस्व अहिले सम्म नबुझाएका व्यक्ति ,संघ-संस्था वा फर्मले असाढ मसान्त भित्र राजस्व बुझाए जरिवाना नलाग्ने, बलान नदीले पश्चिम किनार रहेका लहान २३ को करैया तिलेबोना गाँउका किसानको सयौं विघा उर्बर जमीन कटान गरेर बस्तीतिर सोझिएको हुँदा क्रेटिंग निर्माणका लागि १५ लाख उपलब्ध गराउने,वडा न .१५ को हात्तिदहमा सेल्फी ब्रिज निर्माणका लागि लाग्ने खर्च मध्ये नगरपालिकाले ८ लाख ४० हजार उपलब्ध गराउने ,कार्यलय परिसर भित्र रहेका म्याद गुज्रिएका औषधि र माग अनुसार उपलब्ध नगराईएका काम नलाग्ने औषधि नष्ट गर्ने ,नयाँ बजारको ठेक्का रद्द गरि ऋण फिर्ता गर्ने लगायतका निर्णयहरु नगर कार्यपालिका सदस्यहरुबाट सर्व सहमतिले पारित भएको नगर प्रमुख चौधरीले जानकारी गराए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.