शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको ट्राफिक व्यवस्थापन र बस्ती डुबान नियन्त्रण गर्न मेयर चौधरी
जेठ ३०, २०७९ | सरगम खबर समाचारदाता

धर्मेन्द्र पासवान, लहान ।‌ वडाको हिसाबले देशकै ठुलो नगरपालिका रहेको सिरहाको नगरपालिका मा ठुलो चुनौती रहेको ट्राफिक व्यवस्थापन र बस्ती डुबानको पानी निकासका लागि लहान नगरपालिकाका नवनिर्वाचित मेयर महेश प्रसाद चौधरी आफैं खटिएका छन् ।विगतका जनप्रतिनिधिहरु रहेका बेला नगरपालिकाले कागजी निर्णय गरे पनि कार्यान्वयन नभएपछि पूर्व-पश्चिम राजमार्गमा ट्राफिक व्यवस्थापन गर्न चुनौती थपिएको देखेपछि मेयर चौधरी आफैं सक्रिय भएका हुन् ।

उनले ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार प्रसाद मैनाली, जिल्ला ट्राफिक कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठ र लहान नगरपालिकाका नगर प्रहरी प्रमुख शम्भु बस्नेतलाई पूर्व-पश्चिम राजमार्गमा जथाभावी गाडी पार्किङ गर्ने गाडीहरुलाई नियन्त्रण गर्न निर्देशन दिइसकेका छन् ।

नेपालमै आँपको राजधानी भनेर चिनिएको लहानमा शहिद रमेश चौक स्थित पूर्व-पश्चिम राजमार्गमै राखेर आँप बेचिरहेका कृषक र व्यापारीहरुलाई त्यहाँबाट खाली गराएका छन् । त्यसको कारणले रमेश चौकमा ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण रहँदै आएको थियो । र सडेगलेका आँपहरु राजमार्गमै फालिदैँ आइरहेको कारणले राजमार्ग दुर्गन्धित र फोहोर हुने समस्याबाट छुटकारा पाएको छ ।अहिले आँपको ठुलो सिजन रहेको बेला व्यापारीहरुले ठुलो मात्रामा आँप किनिसकेकोले बेच्न पाएन भने सड्ने भन्दै आफुहरुको आँप बेच्नको राजमार्गकै कुनै ठाउँ दिन आग्रह गरेपछि मेयर चौधरीले हुलाक नजिक रहेको कल्भर्टदेखि पूर्व राजमार्गको दक्षिणपट्टि ठाउँमा आँप बेच्ने ठाउँ उपलब्ध गराएका छन् ।

साथै मेयर चौधरीले रमेश चौक वरिपरि आँप नबेच्न कृषक र व्यापारीहरुलाई आग्रह पनि गरेका छन् । पूर्व-पश्चिम राजमार्ग रमेश चौक देखि दक्षिणमा रहेको मिलन चौक देखि पश्चिममा रहेको वस्ती सामान्य वर्षाको पानीले नै विगतदेखि नै डुबानमा पर्दै आएको छ । जसको ठोस निकासको लागि पनि मेयर चौधरीले स्थानीयहरुको गुनासो सुन्न्न आफैं कम्मर कसिएको देखिएका छन् । उक्त वस्तीमा पानीको निकासका लागि एउटा नहर रहेपनि नहर भन्दा माथि कल्भर्ट नै भएपछि पानी निकास हुन सकिरहेको छैन ।कतिपय स्थानीयहरुले लहान-नवराजपुर जोड्ने मुख्य सडकमा नै रहेको कल्भर्ट भत्काउन सुझाएपनि मेयर चौधरीले आफु प्राविधिक नरहेकोले लहान नगरपालिका प्राविधिकहरुलाई पनि पानीको स्थायी निकास खोज्न निर्देशन दिइसकेका छन् ।डुबानमा परेको वस्तीहरुको पानीको निकास चाँडै नै गरिने भनेर स्थानीयहरुलाई मेयर चौधरीले आस्वस्त समेत गराएका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.