शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिटि सफारी लिएर फोहोर संकलन गर्दै वडा अध्यक्ष शर्मा
असाड ५, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार ५ - 
लहान नगरपालिका वडा न .७ का वडा अध्यक्ष राम औतार शर्मा वडा वासीको घर -घरमा पुगी आफै फोहोर संकलन गर्न होमिएका छन्। फोहोर जन्य सामग्री उठाउन  प्रयोग गरिने ट्याक्टर, टिप्परले फारकिलो सडकको फोहोर मात्रै उठाउने गरेको जनगुनासो आइरहेको बेला लहान नगर पालिका वडा नं. ७ का वडाध्यक्ष राम औतार शर्मा आफै फोहोर संकलन गर्न कन्टेनर सहितको सिटि सफारी लिएर लहान ७ स्थित साँघुरो गल्लीभित्रका घर-घरमा पुगी आफै फोहोर संकलन गर्न होमिएका हुन्। उहाँले थन्केर राखेको सिटि सफारीमा यात्रु बस्ने पछाडिको          भागलाई  हटाई  त्यसको साटो दुईवटा कन्टेनर जडान गरि दुई भागमा  विभाजन गरि एउटामा सड्ने फोहोर र अर्कोमा नसड्ने फोहोर    भण्डारणको रूपमा प्रयोग गर्न शुरुवात गर्नु भएको छ। निर्वाचित भएपछि दोस्रो कार्यपालिका बैठकले वडाध्यक्ष  शर्मालाई नगर भित्रको खाने पानि तथा सरसफाइ संयोजकका रूपमा जिम्मेवारी दिए लगत्तै उहाँ फोहोर जन्य सामग्रीलाई कसरि  व्यवस्थापन गर्ने भन्ने तर्फ केन्द्रित हुँदै नमुना कार्यको शुरुवात गर्नु भएको स्थानीयहरू बताउछन।लहान नगरपालिकाको शहरी क्षेत्र भित्र पर्ने सम्पूर्ण वडाहरुको भित्रि टोलको फोहोर नउठाउँदा सबै  फोहोर नालामै थुप्रिने र वर्षा  याममा नालामा थुप्रिएको फोहो र मुख्य  सडकको नालाभित्र पसेपछि नालाको निकास अवरुद्ध हुने समस्या अहिले पनि यथाबत रहेको हुँदा समस्या सामाधानको लागि जिम्मेवारी पाए अनुसार फोहोर व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने वडा अध्यक्ष शर्मा बताउनु हुन्छ।  

“अब यो सानो कन्टेनरमा कमसे कम सानो गल्लीभित्र रहेको एउटा टोलको फोहोर मज्जाले उठाउन बताउदै मैले यसलाई परिक्षणका लागि  आफ्नै वडाबाट सुरुवात गरेको छु र यहि १० गते हुने नगर सभामा पारित हुने सरसफाइको बजेटबाट नगर प्रमुख महेश प्रसाद चौधरी संग सल्लाह गरेर पहिलो चरणमा लहानको वडा नम्बर १ देखि १० सम्मका टोल-टोलमा पुगी फोहोर संकलन गर्न कम्तिमा ५ देखि ६ वटा यस्तै कन्टेनर सहितको सिटि सफारी खरिद गर्ने योजना रहेको र दोस्रो चरणमा पनि अभियानलाई निरन्तरता दिदै लहान नगरपालिकाको २४ वटै    वडालाई यस्तै एक / एक वटा कन्टेनर सहितको सिटि सफारी उपलब्ध गाराउने योजना रहेको वडा अध्यक्ष शर्मा बताउनु हुन्छ। वडा अध्यक्ष शर्मा परिक्षणका लागि आफ्नै वडाबाट सुरुवात गरेको फोहोर संकलन कार्यक्रम निकै प्रभावकारी बन्दै गइरहेको हुँदा विहान साढे ८ बजे देखि र साँझ ४ बजे देखि दिनको २ पटक वडा सदस्य विजय कुमार दास,अबिनाश कुमार गुप्ता र एक जना कुचिकार सहित लहान ७ को टोलटोलमा पुगिरहेको बताउदै वडा वासीहरुलाई फोहर जम्मा गरि रोडमा नफालन आग्रह समेत गर्नु भएको छ। उहाँले शुरुवात गर्नु भएको फोहोर संकलन कार्यको चौतर्फी प्रशंसा भइरहेको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.