शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मन्त्री चौधरीको घोषणा : लहानमा २४ घण्टा शुद्ध खानेपानीको व्यवस्था
असाड १०, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार १० - 
खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले लहानवासीका लागि २४ घण्टा शुद्ध खानेपानीको व्यवस्था गर्ने योजनाहरु कार्यान्वयनमा ल्याउने बताएका छन्।शुक्रबार लहान नगरपालिकाको १० औँ नगरसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री चौधरीले ‘एक घर,एक धारा’को अवधारणा अनुसार २४ घण्टा शुद्ध खानेपानीको व्यवस्था गर्ने योजनाहरु कार्यान्वयनमा ल्याउने बताएका हुन्। लहान आएपछि मन्त्री चौधरीलाई खानेपानीको समस्या रहेको वडाहरुमा नगरप्रमुख महेश प्रसाद चौधरीले अवलोकन गराउने क्रममा लहान बजारको ढल निकासका लागि मन्त्रालयबाट बजेट विनियोजन गरिने पनि आश्वासन दिएका छन्। उनले आफु स्वास्थ्य मन्त्री हुँदा लहानमा बाल अस्पताल बनाउन योजना ल्याएको अवगत गराउँदै त्यो योजना पनि पुरा गर्ने बताएका छन्। किसानहरुको लागि मल खाद्यको व्यवस्था सरकारले मिलाइरहेको र जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकताको समस्या चाडै समाधान प्रधानमन्त्रि शेर बहादुर देउवाले गर्ने समेत जानकारी गराएका छन्।

यसै बीच खानेपानी आयोजनामा स्थानीय उपभोक्ताबाट लगाइने जनश्रमदानको नीति हटाउने कार्य भइरहेको र त्यसको लागि पहल समेत  थालिसकेको जानकारी गराउदै जनश्रमदानको नीतिका कारण हजारौँ खोनपानी आयोजनाहरु अलपत्र अवस्थामा रहेको सुनाउदै २० देखि ३० प्रतिशत खानेपानी आयोजनामा जनश्रमदान वापत स्थानीयले पैसा लगाउनुपर्ने नीति छ । त्यस कारण आयोजनाहरु अलपत्र परेको सुनाए। वाटर एडले दलित जनकल्याण युवा क्लबको साझेदारीमा विकन परियोजना मार्फत खानेपानी क्षेत्रमा गरिरहेको कामको समेत प्रशंसा मन्त्री चौधरीले गरेका थिए। लहान नगर प्रमुख महेश प्रसाद चौधरीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमलाई वीपिको परिकल्पनासँग जोड्दै मन्त्री चौधरीले गरिब, दलित, महिला, शिक्षा क्षेत्रको नीति तथा कार्यक्रम प्रशंनीय रहेको बताए।

नगर प्रमुख महेश प्रसाद चौधरीको अध्यक्षता तथा खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न लहान नगरपालिकाको १० औँ नगरसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्व २६ करोड ९१ लाख ३० हजार बजेट प्रस्तावित गर्नु भएको छ। कार्यक्रममा उपप्रमुख रामचलितर महतोले स्वागत मन्त्वय राखेका थिए। कार्यक्रममा कार्यपालिका सदस्य ,स्थानीय राजतीतिक दलका प्रतिनिधि, समाजिक अगुवा, वडासदस्य,शिक्षक,बुद्धिजीवी,सुरक्षाकर्मी ,संचारकर्मी,कर्मचारी लगायत करिब ४०० जनाको उपस्तिथी रहेको थियो। कार्यक्रमको संचालन इन्जिनियर शत्रुधन प्रसाद चौधरीले गर्नु भएको थियो।    

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.