शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नगरप्रमुख चौधरी जस्तापाता वितरणलाई तीव्रता दिदै
असाड १३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार १३ - 
लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले फुसकाे घर भएको र हावाहुरीले घर भत्किएको व्यक्तिहरुलाई जस्तापाता ( चदरा  )  वितरण कार्यलाई तिब्रता दिदै आइतबार आफैं संचारकर्मी र प्राविधिक टोलि सहित वडा नम्बर - १४ को रामटोल ,२४ सदाय वस्ती र लहान १५ को अति विकट ठाउँ मेनाहर्वाको मुसहरटोलमा स्वयम आफै पुगी ८४ जनाको घरमा स्थलगत अनुगमन गर्दै जस्तापाता उपलब्ध गराउन   नामावली संगकलन गर्नु भएको छ। नगरप्रमुख चौधरीका अनुसार पहिलो चरणमा नगरभित्रका करिब ५ सय जना विपन्न परिवारको प्रत्येक घरमा जस्ताको छानो उपलब्ध गराउने र यो काम बिस्तारै-बिस्तारै सबै वडामा गर्दै जाने बताउनु भएको छ।

गर्मी महिनामा आगलागीको समस्या र बर्षामा पानीबाट बँच्नको लागि जस्ताको छानो उपलब्ध गराइरहेको उहाँले बताउनु भयो। २४ वटा वडा रहेको लहान नगरपालिकाको सम्पूर्ण वडामा स्वयम आफै पुगी खरका छाना भएका घरहरुको अनुगमन गर्दै जस्तापाता वितरण गर्ने योजना रहेको नगरप्रमुख चौधरीले बताए।लहान नगरपालिका तथा सङ्घीय आयोजना कार्यान्वयन एकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइने कार्यक्रम कार्यान्वयनमा आएको हो। वडा न.१४ अनुगमन गर्ने क्रममा वडा अध्यक्ष धनीक लाल यादव र वडा न. १५ अनुगमन गर्ने क्रममा वडा अध्यक्ष तेज नारायण चौधरीको समेत उपस्थिति रहेको थियो। हाल सम्म वडा नं. १२, १३, १४ ,१५ र २४ का विभिन्न वस्तीमा पुगेर नगरप्रमुख चौधरी नामावली संकलन गरी जस्तापाता वितरण कार्यलाई तिब्रता दिएका छन्। नामावली संगकलन गरिएका लाभग्राहीहरुलाई सोमबार वा मंगलवार भित्र नगरपालिकामा सम्पर्क गरि जस्तापाता लिनहुन अनुरोध गर्नु भएको छ। 

यसै बीच नगर प्रमुख महेश चौधरीले अनुगमनको क्रममा लहान १५ दुर्गम मुसहर वस्तीमा ‘एकीकृत नमूना मुसहर वस्ती” बनाउने घोषणा गरेका छन् ।उक्त वस्तीसम्म पुग्न न बाटोघाटो छ न त बालबालिकाहरुले शिक्षा आर्जनका लागि ती मुसहर वस्तीमा नजिकमा विद्यालय पनि छैन । ३५ देखि ४० परिवार रहेको उक्त मुसहर वस्तीका सबै भूमिहीन र सुकुम्बासी नै रहेका छन् । नगरप्रमुख चौधरीले तत्कालै १ हजार आँपको बोट प्रत्येक परिवारलाई ५ वटाका दरले उपलब्ध गराउने समेत भनेका छन् । खोलाको छेउमा टाँसिएको वस्तीमा पुग्नको लागि एक ठाउँमा पुलको आवश्यकता रहेको औल्याउँदै चौधरीले प्राविधिक लाई समेत त्यो ठाउँमा अवलोकन गराएर तत्काल पुल बनाउन निर्देशन दिइसकेका छन् । शिक्षाका लागि त्यही वस्तीबाट कुनै पढेलेखेका महिलाबाट कसैको छोरी बुहारीलाई त्यहाँ पढाउन नगरपालिकाले पारिश्रमिक दिने गरि व्यवस्थापन समेत मिलाएका छन् । जसले एकजनालाई प्रत्यक्ष रोजगार पनि दिने छ । खानेपानीको लागि एउट मात्र इनार रहेको ठाँउमा निकट समयमा नै डिप बोरिङ खनि त्यसमा समर्सियल मोटर हालेर ओभरहेड ट्यांकको वयवस्था गरि दिने पनि नगरप्रमुख चौधरीले स्थानीयहरुलाई आश्वासन दिएका छन् ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.