शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जिल्ला उधोग वाणिज्य संघको निर्वाचनमा अजय कुमार चौधरीको उम्मेद्वारी किन
असाड १३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार १३ - 
जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको नयाँ नेतृत्व चयनको लागि यहि असार १७ गते शुक्रवारका दिन हुन गइरहेको निर्वाचनमा मारुती होटल प्रालि लहानका संचालक अजय कुमार चौधरी विना प्यानल अध्यक्ष पदमा एकल उम्मेदवारी दिएका छन्। स्थानीय तह निर्वाचनमा विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भइरहेको अवस्थामा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको निर्वाचनमा पनि बिना कुनै गुट-उपगुटमा परि चौधरीले अध्यक्ष पदमा आफ्नो एकल उम्मेदवारी दर्ता गराएका हुन्। २०६० सालको निर्वाचनमा जिल्ला सचिवमा निर्वाचित भएका चौधरी वर्ष २०६७ सालको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी हुनु भएको थियो। चौधरीले जिल्ला उद्योग वाणिज्य संघ सिरहा विशुद्ध व्यवसायीहरुको संगठन भए पनि यसमा राजनीति,गुट-उपगुट संगै नातावाद कृपावाद हावी रहेको हुँदा यो जालोलाई तोडन आफुले विना कुनै समुह बनाई एकल उम्मेदवारी दिएको बताउछन।

चौधरीका अनुसार उधोग वाणिज्य संघको नेतृत्व वर्तमान अध्यक्ष र निजका समुहद्वारा उधोग वाणिज्य संघको विधान तथा प्रजातान्त्रिक मुल्य -मान्यता विपरित निहित स्वार्थ सिद्धिका लागि केहि व्यक्तिको वर्तमान पक्षको असक्षमता र स्वार्थ सिद्धिको सवल प्रमाण हुन्। मतदाताहरुले यस प्रकार अप्रजातान्त्रिक ,निहित स्वार्थमा लिप्त र विधान विपरित बलपेलन गर्ने समुह र त्यस समुहका प्रत्यासी उम्मेदवारहरु प्रति मतदानले न्याय गर्ने र दोषीलाई दण्ड दिने उनको विश्वास छ। उहाँले आफ्नो उम्मेद्वारी कर आतंक बाट व्यापारी ,उधोगीलाई संरक्षण गर्न ,स्थानीय सरकार द्वारा उधोग-व्यवसाय र शिक्षा क्षेत्रमा ल्याइएका अनावश्यक कर घटाउन ,जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको विधान अक्षरस पालना र विधि सम्मत ढङ्ग बाट आवधिक निर्वाचन गर्न ,लहान नगरपालिका संग समन्वय गरि उधोग वाणिज्य संघको कार्यलय प्रयोजनको लागि जग्गा उपलब्ध गर्ने तर्फ पहल गर्न ,उधोगी,व्यवसायीहरुलाई उधोग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यलय बाट समन्यव गरि स्थायी लेखा ( पान ) न.उपलब्ध गराउन ,उधोगी व्यावसायीलाई आई परेका जुन सुकै समस्याको समाधान गर्न ,उधोगी व्यवसायीको सुरक्षाको प्रत्याभूतिका लागि स्थानीय सुरक्षा निकाय संग थप पहल गर्न ,कर सम्बन्धि अनावश्यक झमेलाहरू हटाउन सक्रिय योगदान पुर्याउन ,बाँस ,च्याय मकै ,आलु  चिप्स लगायतका उधोगलाई प्राथमिकतामा राख्न आफ्नो उम्मेदवारी रहेको बताए। 

त्यस्तै कुनै व्यापारीको फर्मबाट कर्मचारी अचानक अर्को फर्ममा जाँदा उधोग वाणिज्य संघको सहमति लिनु पर्ने आवश्यक नियम तर्जुमा गर्न,प्रहरी ,प्रशासन ,राजस्व कर सम्बन्धि अनावश्यक अनुगमन जाँच पड्ताल सम्बन्धि व्यवस्थापन गर्न फल गर्न ,स्वास्थ्य ,सरसफाई ,व्यक्तित्व निर्माण तर्फ उधोग वाणिज्य संघको पहल र नेतृत्वमा विशेष कार्यक्रमहरु गर्न ,जिल्ला उधोग वाणिज्य संघ लहानको परम्परागत विधानलाई समय सापेक्ष संशोधन गर्न ,सम्पूर्ण व्यापारीहरुको सर-सल्लाह सुझाव लिई समन्वय गरेर सर्वसुलभ तरिकाले संघको सदस्यता प्रदान गर्न ,उधोगी तथा व्यपारी दाजुभाई दिदीबहिनी लगायतको सुझाव लिई संघलाई शुद्धिकरण तथा अग्रगति प्रदान गर्न ,लहान नगरपालिका औधोगिक नगरी हुने स्थान रहेकाले लहान नगरपालिका एवं केन्द्रिय महासंघ संग समन्वय गरि औधोगिक क्षेत्रको स्थापना गर्ने तर्फ पहल गर्न र यस नगरपालिका क्षेत्र भरिका मानिसहरुको रोजगारीका लागि पहल गर्ने प्रतिबध्ताका साथ् मेरो उम्मेदवारी रहेको अध्यक्ष पदका उम्मेदवार अजय कुमार चौधरी बताउनु हुन्छ। उहाँले सिरहा जिल्ला भित्रका सम्पूर्ण उधोगी ,व्यापारी तथा व्यवसायीलाई आ-आफ्नो अमुल्य मत आफुलाई दिई सहयोग गर्न हुन् अनुरोध समेत गरेका छन। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.