शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिकाको बजेट १ अर्ब २६ करोड ९१ लाख ३०
असाड १६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार १६ - 
लहान नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को लागि  १ अर्ब २६ करोड ९१ लाख ३० हजार रुपैयाँको बजेट पारित गरेको छ। लहान नगर पालिकाले " हाम्रो लहान -सुन्दर ,समुन्नत र सभ्य लहान " भन्ने नाराका साथ आफ्नो  १० औ नगर सभा बाट आन्तरिक स्रोत तर्फ रु.११ करोड ९१ लाख १० हजार,नगद अल्या तर्फ रु.२५ करोड,वित्तीय सामानिकरण अनुदान रु.२३ करोड ४८ लाख ,शसर्त अनुदान चालु तर्फ रु.३५ करोड ८३ लाख,शसर्त अनुदान पुँजीगत तर्फ रु.१ करोड २८ लाख ,विशेष अनुदान पुँजीगत तर्फ रु.३ करोड ५० लाख ,सम्पुरक अनुदान पुँजीगत तर्फ रु.१ करोड १४ लाख,राजश्व वाडफाड तर्फ रु.२० करोड ४१ लाख ८२ हजार,र प्रदेश सरकारबाट वित्तीय सामानिकरण अनुदान १ करोड ७६ लाख 
३८ हजार ,शसर्त अनुदान चालु तर्फ १ करोड ,विशेष अनुदान पुँजीगत तर्फ रु.३० लाख र सम्पुरक अनुदान पुँजीगत तर्फ २० लाख,र अन्य संस्थाबाट प्राप्त रु.१ करोड नौ लाख समेत गरि जम्मा  १ अर्ब २६ करोड ९१ लाख ३० हजार रुपैयाँको बजेट सर्वसहमतिले आय तर्फ पारित गरिएको पत्रकार सम्मेलन मार्फत लहान नगरप्रमुख महेश प्रसाद चौधरीले सार्वजनिक गर्नु भएको छ। जसमा व्यय तर्फ चालु खर्च रु.३४ करोड १ लाख ५० हजार ,शसर्त चालु कार्यक्रम तर्फ रु.३५ करोड ८३ लाख र पुँजीगत खर्च रु.५७ करोड ६ लाख ८० हजार रहेका छन। 

नगरप्रमुख चौधरीले नगरसभाबाट दर्जनौँ जनमुखी योजनाहरु लागु गर्दै सबै योजनामा बजेट बिनियोजन गरेको जानकारी समेत गराए।त्यस्ता योजनाहरुमा गरिब, दलितलाई निःशुल्क विमा गर्नेदेखि लिएर युवाहरुलाई रोजगारी दिने सम्मका कार्यक्रमहरु रहेका छन । यस्ता  योजनाहरुको लागि २० लाख देखि १ करोड रुपैयाँ सम्म विनियोजन गरिएको छ। जस अन्तर्गत १. विपन्न दलित टप १० जना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने ,२. विपन्न सामुदायका ४० घरधुरी भएको ठाउँमा बिहान र बेलुका दुई समयमा बालबालिकाको लागि निःशुल्क ट्युसन सञ्चालन गर्ने ,३. दलित, गरिब र विपन्न परिवारका लागि नमूना घर बनाउने , ४. विपन्न परिवारका गर्भवती महिलाहरुलाई प्रत्येक महिना पोषण कार्यक्रम अन्तर्गत– १० किलो चामल, एक किलो नुन, एक पोका तेल, एक किलो मटर वितरण गर्ने , दलित, गरिव र विपन्नहरुलाई निःशुलक स्वास्थ्य बिमा गर्ने ,६. शिक्षाको स्तर बढाउन स्कुलहरुमा थप स्वयंसेवक शिक्षकको नियुक्ति नगरपालिकाबाट गर्ने ,७. लहान नगरपालिका–४ मा अनाथ तथा वृद्धाश्रम सञ्चालन गर्ने ,८. गरिब, दलित तथा विपन्न परिवारका ५ सय जनालाई मोतियाबिन्दको अप्रेशन गराउने ,९. वडा ११ देखि २४ सम्मका वासिन्दाका लागि नागरिकता शिविर चलाउने र १०. युवा रोजगार कार्यक्रम सञ्चालन गर्ने लगायतका रहेका छन। 

पारित बजेटले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा विशेष जोड दिएको नगर प्रमुख चौधरीले जनाए। नगरसभाले पारित बजेट कार्यान्वयनको लागि जनप्रतिनिधी, कर्मचारीसँगै सम्पूर्ण संघ संस्था, व्यवसायी, बुद्धिजिवि तथा सञ्चारकर्मीको साथ सहगोग अपरिहार्य रहेको नगरप्रमुख चौधरीले बताए।कतिपय विषयमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम नन्द भुषालले स्पस्ट पारेका थिए। सञ्चारकर्मीहरुले पारित बजेट कार्यान्वयनमा पारदर्शिता, सुशासनमा जोड दिनुपर्ने बताए।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.