शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उद्योग वाणिज्य संघ सिरहा लहानकाे अध्यक्षमा विकास सारडाको प्यानल निर्वाचित
असाड १९, २०७९ | फिरोज शेख

 

फिरोज शेख लहान २०७९ असार १९ - 
जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको नयाँ नेतृत्व चयनको लागि सम्पन्न निर्वाचन बाट अध्यक्ष पदमा विकास सारडा प्यानल सहित निर्वाचित भएका छन् । आज विहान सम्पन्न मतगणनामा विकास सारडा १५२७ प्राप्त गर्दै प्यानल सहित निर्वाचित भएका हुन्। निर्वाचित हुनेहरुमा अध्यक्ष सारडा सहित प्रथम उपाध्यक्षमा शत्रुधन प्रसाद चौधरी १५७१ मत , रामभजन पंजियार १५८० मत ,महासचिवमा श्याम गुप्ता १४८९,कोषाध्यक्षमा रामउदगार महतो १५८५ ,सचिवमा प्रदीपकुमार गुप्ता १५५९ मत प्राप्त गरि विजय भएका छन् भने सदस्यहरुमा मनोज कुमार साह १६२६ ,बद्री नारायण चौधरी  १५६३ , बैजनाथ साह सुडी १५५३ , रबिन्द्रकुमार श्रेष्ठ १५३१ ,अमरनाथ साह तेली १५६१, मनोज कुमार महतो  १६०४, मखबुल आमल १५१६ मत प्राप्त गरि विजय भएका छन। त्यस्तै महिला सदस्यहरुमा खुश्वु जयसवाल १५८७ र रीतादेवी यादव १५६७ मत प्राप्त गरि प्यानल सहित विजय भएका हुन्। सम्पन्न जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको निर्वाचनमा गोलबजार सम्मको मतगणना सम्पन्न हुँदा सम्म १०० मतले पछि परेका सारडा लहानको मतगणना सम्पन्न हुँदा २२६ मत बढी ल्याएर विजयी भएका हुन् ।

अध्यक्ष पदका प्रत्यासी उम्मेदवार पशुपति साहले १३०१ मत प्राप्त गरि पराजित भएका छन्। भने उनका प्यानलका अन्य प्रत्यासीहरु प्रथम उपाध्यक्ष - वसन्त कुमार साह १३२८, द्वितीय उपाध्यक्ष - सुरेन्द्र कुमार साह १३१७,महासचिव - सुनिलकुमार चौधरी १४२१ ,काेषाध्यक्ष - ललित नारायण सिंह १३११,सचिव - राजलाल गुप्ता रौनियार १३४० मत ल्याएका छन्। त्यस्तै सदस्यहरुमा उपेन्द्र गण्डा १२६०,देवकुमार महताे सुडी १३०१,विन्देश्वर महताे १३११,उज्ज्वल साह १३५१,राजकुमार यादव १२८०,मनाेज कुमार साह (ख) १२४८,राम प्रकाश साह १३२६,महिला सदस्य भवानी कुमार श्रेष्ठ १२९७, र मन्जु साहले १२९८ मत प्रात गरि चित्त बुझाएका छन्। यसै बीच निर्वाचनमा अध्यक्ष पदका लागि एकल उम्मेदवारी दिएका अजय कुमार चौधरीले मात्र ६६ मत प्राप्त गरेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.