शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नगरप्रमुख चौधरी द्वारा फलफुल तथा पोष्टिक आहार वितरण
असाड १९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार १९ - 
सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले पाठेघरको शल्यक्रिया गरिएका महिलाहरुलाई फलफुल तथा पोष्टिक आहार वितरण गरेका छन् । नगर प्रमुख चौधरीले आङ खस्ने समस्याबाट पीडित बिरामीहरुको नि: शुल्क पाठेघरको शल्यक्रिया गराउनुका साथै पोषक खानेकुरा वापत एक किलो स्याउ र हर्लिक्स वितरण गर्नु भएको छ। लहान नगरपालिकाको आर्थिक सहयोगमा कामना नर्सिङ्ग होम प्रा.लि. लहान ३ सिरहाले स्वास्थ्य शाखा लहानको पहलमा नगरक्षेत्र भित्रका २६ जना महिलाको निःशुल्क पाठेघरको शल्यक्रिया गरेका छन् ।
असार १७ र १८ गते दुई दिन सम्म संचालित शिविरमा अनुभवी बरिष्ठ ग्यानोकोलोजिष्ट पप्पु रिजालले शल्यक्रिया गरेको नर्सिङ्ग होमका संचालक विरदेव महतोले जानकारी गराए ।स्वास्थ्य शाखा प्रमुख जगदीश मण्डलका अनुसार पाठेघर शिविरको सम्पुर्ण खर्च लहान नरपालिकाले पहिलो पटक व्यहोरेको हो। नगरक्षेत्र भित्रको विपन्नहरुका लागि उक्त कार्यक्रम नगरपालिकाले निरन्तर संचालन गरि रहने बताउनु भयो। शिविरमा ३५ वर्ष देखि ७० वर्ष उमेर समुहका २६ जना महिलाहरुको स्क्रिनिग गरेर सफल शल्यक्रिया गरिएको शाखा प्रमुख मण्डलले बताउनु भयो। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.