शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरप्रमुख चौधरी द्वारा बलान कटानको स्थलगत अनुगमन
असाड २२, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार २२ - 
लहान नगरपालिका नगरप्रमुख महेश प्रसाद चौधरी बलान नदीले कटान गरिरहेको ठाउँको स्थलगत अनुगमन गर्नु भएको छ। सिराहा र सप्तरी जिल्लाको सीमाना रहेको बलान नदीले पश्चिम किनारा लाहान नगरपालिका–२३ कडरिया र तिलेवोनामा तीव्र रुपमा कटान गरिरहेको थाहा पाए पछि नगरप्रमुख चौधरी समस्या सामाधानका लागि स्थलगत अनुगमन गर्नु भएको हो। नदीले २० मिटर अझै कटान ग¥यो भने दक्षिणतर्फ बगिरहेको नदी पश्चिमतर्फ बग्न थाल्ने हो कि भन्ने भयले स्थानीयहरु त्रसित छन् । सुख्खा समयमा समेत कटान गरिरहेको बलान नदी वर्षाको समयमा झन् तीव्र रुपमा कटान गर्न थालेपछि तिलोबोना, पोर्ताहा र सिमराहा गाउँका स्थानीयहरु निकै त्रसित भएको लहान १९ का वडा अध्यक्ष मो. कमरुद्दीन राइनले नगरप्रमुख चौधरीलाई जानकारी गराए। 

तीन दशक अगाडि पाँच सय मिटर पूर्वतर्फबाट बगिरहेको नदी केही वर्षयता पश्चिमतर्फ कटान तीव्र रुपमा गरिरहेको हुँदा कटानबाट तिलोबोनाका कृषकहरुको मात्रै २२ बिघा जग्गाभन्दा बढी नदीले कटान गरिसकेको छ । केही मिटर कटान गरेपछि नदीको बहाब पश्चिमतर्फ हुने सङ्केत देखिएपछि अहिले सिमराहा, पोर्ताहा तिलोबोना गाउँका स्थानीयहरु हारगुहार गर्ने अवस्थामा पुगेको बेला लहान नगरपालिका नगरप्रमुख महेश प्रसाद चौधरी मंगलवार स्थानीयवासीहरुकाे समस्या बुझन वडा न. १९ र २३  पुग्नुभएकाे थियाे । 

उहाँले बलान नदी कटान भईरहेकाे ठाउँको स्थलगत अनुगमन गर्दै बुधबारदेखि नै अस्थायी रुपमा तत्काल कटान राेक्ने कार्य सुरु हुने जनाउनुभएकाे छ।नगरप्रमुख महेशप्रसाद चौधरीले  कटान रोक्न तत्कालै १५ लाख निकासा गरे पनि लाहान नगरपालिकाको बजेटले मात्रै बलान नदी कटान नियन्त्रण सम्भव नदेखिएकाले सङ्घ र प्रदेश सरकारबाट आवश्यक बजेटको लागि पहल थालिसकेको उहाँले विश्वास दिलाउनुभयो । बलान नदीको कटानले लहान नगरपालिकाको वडा नम्बर ३, १७, १९ र २३ नम्बरमा कटान संगै सखुवानन्कारकट्टी ४ र ५ नम्बर वडा र भगवानपुर गाउँपालिकाको एक हजारभन्दा बढी कृषकको उर्वरभूमि कटान गरेर सयाैं किसानलाई सुकम्बासी बनाइसकेको छ। 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.