शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
व्यक्तिगत रिसिबिका कारण छोराको हत्या गरियो : परिवारजन
असाड २६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असर २६ - 
गत बैशाख सिरहाको भगवानपुर स्थित ईलाका प्रहरी कार्यालय नजिक मिर्त फेला परेको सुदिप चौधरीको हत्या भएको परिवारजनले आशंका गरेका छन्। घटना २०७९ बैशाख १२ गतेको हो । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर - ४  कदमाहा बस्ने बर्ष २८ को  सुदिप कुमार चौधरी काठमाण्डौं जान्छु भन्दै सोही दिन साँझ करिब ५ बजे घरबाट निस्के । सुदिप काठमाण्डौंमा पल्मबर वर्करको रुपमा काम गर्थे । बुवा ,आमाले छोरा काठमाण्डौं पुगिसकेको होला भनेर ढुक्क थिए । त्यसैको भोलि पल्ट सुदिपको घरमा बिहान करिब ७ बजे फोन आयो कि तपाईंको गाउँकै एक जना युवाको सिरहाको भगवानपुर स्थित ईलाका प्रहरी कार्यालय नजिक शव भेटिएको छ । आउनुस् , शव पहिचान गर्नुस्  । नपत्याई हतार हतार उनको परिवारजन घटना स्थलमा पुगे ।  त्यहाँ पुग्दा सुदिप संसारबाट बिदा भएको रहेछ । एक्लो छोरा त्यसमा पनि जवान। बुवा ,आमाको अगाडी जवान छोरो गुमाउनुको पीडाले सम्पुर्ण परिवार नै स्तब्ध भए ।  मृत्यक चौधरीको आमा रामबत्ती चौधरीका अनुसार भगवानपुर थाना देखि करिब ५० मिटर उत्तर तर्फ लहान ठाढी सडक खण्डको पश्चिमपट्टीको किनारमा छोराको शव मृत्य अवस्थामा भेटिएको थियो । व्यक्तिगत रिसिबिका कारण छोराको हत्या गरिएको परिवारजनको कथन रहेको छ । घटनाको प्रकृति हेर्दा घाँटी थिचोमिचो पारिएर हत्या गरिएको मृत्यक चौधरीका वुवा सुर्यनारायण चौधरीले संचारकर्मिलाई बताए । 

नाति बितेको महिना दिन नपुग्दै उनको बियोगमा ८३ बर्षिय हजुरआमा मङ्नी देविको पनि निधन भयो। 'छोरा र आमा मरेको कारण बिचबिचमा कहिले काहीँ छोराको हत्यारा पत्ता लाग्यो भनेर ईलाका प्रहारी कार्यालय लहान गईरहन्थ्ये । प्रहरीले क्रियाकर्म सकाउनुस्  , हामी अनुसन्धान गरिरहेका छौँ , ठाढो उजुरी अहिले नहाल्नुस्  ,शंकाको अधारमा हामिले तीन जनालाई पक्राउ गरिसकेका छौं , मृत्यक सुदिपका वुवा चौधरीले पत्रकारलाई सुनाए ।'

परिवारजनको शंकाको आधारमा पक्राउ परेका सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर - ४ मधुपट्टीका अमित चौधरी , शम्भुनाथ नगरपालिका वडा नम्बर - ६ लतियाही बस्ने सुजिता कुमारी चौधरी र  रितु चौधरीलाई अनुसन्धान गरेको ४ - ५ दिनमै प्रहरीले रिहा गरिदिएका थिए ।पक्राउ परेकालाई प्रहरीले राम्ररी अनुसन्धान नगरेर उम्कन दिएको पीडित परिवारजन को आरोप छ ।रामबत्ती चौधरी भन्छिन्, ‘ छोराको  हत्या भएकै हो , र हत्यामा यी तिनै जनाको संलग्नता देखिएको छ, समातेर कानुनी कारबाही गरिदिए मनलाई राहत त हुने थियो ।’उनिहरुले पैसा लेनदेनको बिषयमा छोरालाई पटक पटक मार्ने धम्की दिईरहेको सुनाए । यता घटनाको अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृत कोमाल ठाकुरका अनुसार  घटनाको अनुसन्धान हुनुपर्नेमा हामी सचेत रहेको बताउँछन् । घटनााको गम्भीर अनुसन्धान भैरहेको छ र हामी परिवारजनलाई बिच बिचमा अपडेट गराईरहेको बताए।’

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.