शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गर्मीले जनजीवन अस्तव्यस्त
असाड 32, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार ३२ -
मध्य असारयता पानी पर्न छाडेपछि गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । सर्वसाधारण गर्मीका कारण बिरामी पर्न थालेका छन् । जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ ।दिनहुँ उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको लहान प्रादेशिक अस्पतालका चिकित्सक डा. जगत महतो बताउँछन् । मौसम परिवर्तन हुँदा बिरामीको सङ्ख्या बढेको उहाँ बताउनुहुन्छ । अहिले ज्वरो, रुघाखोकी, टाइफाइड, निमोनिया र जिउ दुख्ने समस्या बढी छ । पसिना अत्यधिक आउने तर पर्याप्त पानी सेवन नगर्दा  बिरामी हुने क्रम बढेको डा महतोको भनाइ छ । अत्यधिक गर्मीका कारण सर्पको बिगबिगी समेत बढेको छ ।  अत्यधिक गर्मीले बालबालिकामा खटिराको समस्या देखिएको छ । सिरहामा अहिले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको छ । घामसँगैको तातो हावाका कारण सर्वसाधारण काम गर्न निस्कन छाडेका छन् । घाममा बाहिर ननिस्कन, जीउ ढाक्ने लुगा लगाउन, सफा र स्वच्छ पानी खान तथा ताजा र झोलिलो खानेकुरा खान स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.