शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
फुसको छानो विस्थापन गर्ने अभियानमा नगरप्रमुख चौधरी
साउन १, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ श्रावन १ - 
लहान नगरपालिकामा रहेको फुसको छानो घर भएको व्यक्तिहरुले पुनः जस्तापाता ( चदरा ) पाउने भएको छ। नगर प्रमुख महेश प्रसाद चौधरी र उपप्रमुख राम चलितर महतो बीच चदरा वितरणमा विवाद हुँदा केहि दिन रोकिएका  वितरण अभियानलाई नगर कार्यपालिकाको बैठक बाट साम्य पर्दै नगरप्रमुख चौधरीले पुनः जस्तापाता ( चदरा ) वितरण कार्यक्रमलाई निरन्तरता दिएका हुन्। नगरप्रमुख चौधरीका अनुसार बाढी पहिरो, आगलागी वा हावाहुरी आएपछि बढी क्षती फुसको छानो घर भएको व्यक्तिले चुकाउनु परेको छ। त्यही भएर फुसको छानो हटाएर जस्तापाता वितरण अभियानलाई तिव्रता दिएको छु।

उपप्रमुख महतो संगको विवाद हाम्रो आन्तरिक विवाद हो ,काम गर्ने शिलशिलामा कहिलेकाही यस्तो हुन्छ। उपप्रमुख ज्युले आफ्नो कार्यक्षेत्र अनुसार काम गर्नु हुन्छ ,म आफ्नो कार्यक्षेत्र अनुसार कामलाई निरन्तरता दिएको छु। नगरपालिकाको आन्तरिक समस्याका कारण जस्तापाता पाउनुपर्ने लाभग्राहिले दु:ख पाउनु भएन भन्दै आइतबार विहान नेपाल पत्रकार महासंघ सिरहा जिल्ला सभापति मनोज बनैता सहितको संचारकर्मीको टोलि ,वडा न.१९ का वडा अध्यक्ष कमरुद्दीन राइन,प्राविधिक र म आफैँ लहान १९ को विपन्न वस्तीमा पुगेर फुसको छानो भएको ३० जना व्यक्तिहरुको नामावली संकलन गरेर जस्तापाता बाड्ने निर्णय गरेको बताउनु भयो।

केहीदिन अघि वडाअध्यक्ष मार्फत सिफारिस लिएर व्यक्तिहरुलाई जानकारी गराएको थियो । त्यसपछि व्यक्तिहरुको चाप संगै केहि हुने खानेहरुको समेत सिफारिस बढेपछि म आफैँ प्राविधिक टोलीसहित वस्ती-वस्तीमै पुगेर नामावली संकलन गर्न थालेको नगरप्रमुख चौधरीले बताउनु भयो। उहाँले हाल सम्म वडा नं. १२, १३, १४ ,२४ र १९ को केही वस्तीमा पुगेर नामावली संकलन गरी जस्तापाता वितरण गरेको जनाएको छ। वास्तविक फुसको छानो भएको व्यक्तिहरुले नगर प्रमुख चौधरीको अग्रसरतामा जस्तापाता पाएपछि खुशी देखिएका छन् । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.