शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पत्रकार पटेलको पहलमा अग्नी पिडीतलाई राहत वितरण
फाल्गुन १४, २०७३ | सरगम खबर समाचारदाता

अभिमनु कुमार पटेल , रौतहट १३ फाल्गुन ।
रौतहटको लक्ष्मीपुर वेलविछवामा आगलगी पिडीत परिवारलाई राहत वितरण गरिएको छ ।विगत एक सत्ता अघि राती करीब २ बजे आगलगी हुँदा लक्ष्मीपुर वेलविछवा वडा नं ९ का अकलु राय यादव, रामप्रसाद साह र फेकन साह समेतको घर जलेर खरानी भएका थिए ।राती सुती रहेको वेला अचानक आगलगी हुँदा यादवको २ लाख १० हजार, रामप्रसाद साह १ लाख २५ हजार र फेकन साहका १ लाख २५ हजार मुल्य बराबरका सम्पती जलेर खरानी भएको थियो । 

गरिब निसहायको दुःख तथा आर्थिक स्थिती धेरै दयनिय रहेकोमा रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा अध्यक्ष एवं मधेश प्रदेश अनलाईन अध्यक्ष अभिमनु कुमार पटेलको विशेष  पहलमा शुक्रबार राहत वितरण गरिएको छ । सो राहतका सहयोगी दाता समाजसेवी यशु थापाले युरोपको बेल्जियबाट प्रत्येक व्यक्ति रु. ५०० नेपाली, अक्सफाम नेपालको सहयोग र ग्रामिण विकास केन्द्र नेपाल द्रारा संचालित विपत जोखिम व्यवस्थापन प्रयोजना अन्तरगत त्रिपाल, बाल्टिन, मग, झुल, बलाईनकेट र सरसफाई समाग्री किट, मालपोल कार्यालय प्रमुख सिकेन्द्र साहले १ क्वीन्टल चामल, समुदायिक शक्ति रौतहट र अभियान नेपाल तेजापाकड रौतहटले ५०–५०– के.जी.चामल राहत उपलब्ध गरेका छन ।उक्त राहत वितरण कार्यक्रम क्लबका अध्यक्ष पटेलको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा ग्रामिण विकास केन्द्र नेपालका कार्यक्रम संयोजक विजय साह बनिया, सदभावना पार्टीका के.स.योगेन्द्र राय यादव, फोरम नेता श्यामविहारी यादव, सदभावना जि.स.राकेश यादव ,युवा नेता दिनेश कुमार यादव, सशस्त्र प्रहरी बल आउट पोष्ट लक्ष्मीपुर बेलविछवा लगायत जनसमुदायको उपस्थितीमा वितरण गरिएको छ ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.