शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मेयर चौधरी द्वारा बलान नदीकाे कटान राेक्न निर्माण भइरहेको अस्थायी
साउन ६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ श्रावन ६ - 
लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले लहान २३ स्थित बलान नदीकाे कटान राेक्न अस्थायी संरचना निर्माण कार्यको निरिक्षण गर्नु भएको छ। विहिवार संचारकर्मी सहित सिरहा र सप्तरी जिल्लाको सीमाना रहेको बलान नदीले पश्चिम किनारामा पर्ने लहान नगरपालिका–२३ कडरिया र तिलेवोना तर्फ तीव्र रुपमा कटान गरिरहेको पानीको मुहार परिवर्तन गर्दै पुर्व तर्फ बाट पानीको बहाव बगने गरि निर्माण भइरहेको अस्थायी संरचना निर्माण कार्यको निरिक्षण गर्नु भएको हो।लहान नगरपालिकाको १५ लाख आर्थिक सहयोग तथा स्रोत साधनमा बलान नदीकाे कटान राेक्न निर्माण भइरहेको अस्थायी संरचना निर्माण कार्यको करिब ५० % काम सम्पन्न भइसकेको मेयर चौधरीले जानकारी गराए। नदीको कटानले त्रसित त्यस भेगका जनता बहाब परिवर्तन भए पश्चात राहत महसुस गर्ने मेयर चौधरीले बताए। मेयर चौधरीका अनुसार नगरपालिकाले निर्माण गरिरहेको अस्थायी संरचनाले क्षणिक राहत दिए पनि स्थायी संरचना निर्माणका लागि प्रदेश र संघीय सरकारको सहयोग अति आवश्यक रहेको हुँदा प्रदेश र संघीय सरकारलाई सहयोगका लागि आग्रह समेत गर्नु भएको छ। 

असार पहिलो साता बलान नदीले लहान २३ स्थित बलान नदीले कटान गरिरहेको जनगुनासो आए पछि पछि मेयर चौधरी समस्या सामाधानका लागि स्थलगत अनुगमन गर्नु भएको थियो। नदीले २० मिटर अझै कटान ग¥यो भने दक्षिणतर्फ बगिरहेको नदी पश्चिमतर्फ बग्न थाल्ने हो कि भन्ने भयले स्थानीयहरु त्रसित भएका थिए। सुख्खा समयमा समेत कटान गरिरहेको बलान नदी वर्षाको समयमा झन् तीव्र रुपमा कटान गर्न थालेपछि तिलोबोना, पोर्ताहा र सिमराहा गाउँका स्थानीयहरु निकै त्रसित भएका थिए। 

तीन दशक अगाडि पाँच सय मिटर पूर्वतर्फबाट बगिरहेको नदी केही वर्षयता पश्चिमतर्फ कटान तीव्र रुपमा गरिरहेको हुँदा कटानबाट तिलोबोनाका कृषकहरुको मात्रै २२ बिघा जग्गाभन्दा बढी नदीले कटान गरिसकेको छ। केही मिटर कटान गरेपछि नदीको बहाब पश्चिमतर्फ हुने सङ्केत देखिएपछि सिमराहा, पोर्ताहा,तिलोबोना गाउँका स्थानीयहरु हारगुहार गर्दा मेयर चौधरी स्थानीयवासीहरुकाे समस्या बुझन असारको पहिलो साता वडा न. १९ र २३ पुगनु भएको थियो। बलान नदीको कटानले लहान नगरपालिकाको वडा नम्बर ३, १७, १९ र २३ नम्बरमा कटान संगै सखुवानन्कारकट्टी ४ र ५ नम्बर वडा र भगवानपुर गाउँपालिकाको एक हजारभन्दा बढी कृषकको उर्वरभूमि कटान गरेर सयाैं किसानलाई सुकम्बासी बनाइसकेको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.