शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
हातीले घर भत्काएका पीडितलाई राहत उपलब्ध गराउने नगरप्रमुख चौधरीको उद्घोष
साउन २८, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ श्रावन २८ - 
लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले हाती आतंकाबाट पीडितहरुलाई तत्कालै राहत उपलब्ध गराउने बताएको छ । गएराती जंगलबाट भागेर आएका दुई वटा हात्तीले लहान नगरपालिका १५ सिसवनी र मोहनपुर गाउँमा माटोले लेपेको र फुसको छानो भएका   ७ घर भत्काएका छन्।  नगरप्रमुख चौधरीलाई घटनाबारे जानकारी हुँदा शनिवार विहानै उनी घटना स्थलमा पुगेर जानकारी लिदै राहत उपलब्ध गराउने उद्घोष गरेका छन् । नगरप्रमुख चौधरीले पीडितहरुलाई जस्तापाता, त्रिपाल संगै २५ किलो चामल, नुन, तेल, दाल लगायतका खाद्यन्न सहयोग गर्ने जानकारीदिए। शुक्रबार राती जंगलबाट भागेर आएका दुई वटा हातीले वडा नं. १५ सिसवनी र मोहनपुर गाउँका लक्ष्मी सदाय, शिवकुमारी सदाय, राम सदाय, श्याम कुमार सदाय, दिपेन सदाय, सरोज सदाय र कपले यादवको घर भत्काएको वडाअध्यक्ष तेजनारायण चौधरीले जानकारी गराए । उनका अनुसार जंगलबाट आएका हातीले अन्नबाली पनि खाएको छ । राती नै स्थानीयहरुले आगो बालेर हातीलाई जसोतसो गाउँबाट भगाएका छन् ।  वर्षातको महिनामा घर भत्काएपछि उनीहरुलाई समस्या भएको छ । स्थानीयवासीबाट नगरप्रमुख चौधरीले जानकारी पाएलगतै घटनाबारे जानकारी लिनलाई गाउँ वस्ती पुगेका थिए । 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.