शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बेग्लाबेग्लै सवारी दुर्घटनामा एकको मृत्यु दुई घाईते
फाल्गुन १४, २०७३ | सरगम खबर समाचारदाता

सिरहा, फाल्गुन १४ गते।
पूर्वाञ्चलको झापा र सिरहामा शुक्रबार भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा परी एक को मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।सिरहा बडहरामाल-५ स्थित राजमार्गमा स.१त १८१६ नबम्बरको ट्याक्टरबाट लडेर सिरहा मल्हनिया खोरी-पिडारी-२ बस्ने नितु कुमार कापरको मृत्यु भएको हो।ट्याक्टरबाट लडेर घाईते कापरको उपचारको क्रममा कर्जना अस्पतालमा मृत्यु भएको हो। उक्त ट्याकटर प्रहरीको नियन्त्रणमा राखीएको छ भने चालक फरार रहेकोले खोजिकार्य भईरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

यसैगरी झापा कन्काई नगरपालिका-८ स्थित राजमार्गमा दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाईते भएका छन्।घाईते हुनेमा ईटहरी ८ बस्ने गौतम गुप्ता, निजकै दाजु रोसन गुप्ता र कनकाई नगरपालिका. १ बस्ने अगम सिंह राई रहेका छन्।पूर्व पश्चिम राजमार्ग अन्तर्गत मे ६ प ७१७५ नम्बर र को २४ प ७३४९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो। घाईतेहरुको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.