शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
‘बाहुबली’का लागि मैदान खाली
फाल्गुन १६, २०७३ | सरगम खबर समाचारदाता

फागुन, १६  एजेन्सी ।
आफ्नो फिल्म रिलिज गर्नुअघि अभिनेता तथा निर्माता–निर्देशक प्रचारका लागि खुब दौड–धुप गर्छन् । फिल्म ‘बाहुबली’को क्रेज यति छ कि कुनै प्रचार जरुरी छैन । यस्तो अवस्थामा अभिनेता सलमान खानले भने आफ्नो आगामी फिल्म ‘ट्युबलाइट’को प्रचारलाई लिएर बहुबलीको क्रेज सामु डराएका छन् ।खबरअनुसार, सलमान खानले आफ्नो फिल्म ‘ट्युबलाइट’को प्रचार ‘बाहुबली–२’को रिलिजपछि मात्रै गर्ने योजना बनाएका छन् । किनकि त्यसअघि फिल्म प्रचार गर्दा खास असर नपर्ने कुरा सलमानले बुझिसकेका छन् । यसको अर्थ सलमानले ‘बाहुबली–२’का लागि पुरा मैदान खाली गर्ने भएका छन् ।

एसएस राजामौलीद्धारा निर्देशित फिल्म ‘बाहुबली’ले धमाकेदार व्यापार र प्रसंशा कमाएको थियो भने यसको दोस्रो भाग आगामी एप्रिल २८ मा रिलिज हुँदैछ । यस फिल्मको दर्शक भारतमा मात्रै नभएर विश्वभर छन् । यस्तो अवस्थामा सलमान बाहुबली–२को क्रेज कम नभएसम्म प्रोमो वा प्रचार केही नगर्ने सोचमा छन् । सलमानको ‘ट्युबलाइट’ २३ जुन अर्थात् ईदको अवसरमा रिलिज हुने छ ।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.