शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सुरक्षित वैदेशिक रोजगार सम्बन्धी विद्यालय अभिमुखिकरण कार्यक्रम सम्पन्न
फाल्गुन १८, २०७३ | सरगम खबर समाचारदाता

शुभ नारायण कामती - 
सिरहा, १८ फाल्गन । आर्थिक वर्ष ०५१÷५२ देखि ०७२÷७३ सम्ममा नेपालबाट विदेशिने कामदारको संख्या ४३ लाख ७८ हजार ६ सय ५६ रहेको र दैनिक ३ देखि ५ जना कामदारको खाडी मुलुकमै मृत्यु हुने गरेको तथ्यांक सिरहामा मंगलबार आयोजित एक कार्यक्रम बिच सार्वजनिक गरिएको छ । श्रम तथा रोजगार मन्त्रालय र जिल्ला विकास सिरहाको साझेदारीमा जिल्ला विकास समिति तथा सूचना तथा परामर्शद्धारा सिरहाको सारस्वर मा.वि.मा आयोजित विद्यालय अभिमुखिकरण कार्यक्रमका सहजकर्ता समेत रहेका सुरक्षित आप्रवाशन (सामी) परियोजनाका कार्यक्रम संयोजक कविर चौधरीले उक्त तथ्यांक सार्वजनिक गरेका थिए । विद्यालयका विद्यार्थीहरुलाई वैदेशिक रोजगारलाई सुरक्षित बनाउने उपाय सम्बन्धि जानकारी दिने उदेश्यले आयोजित सो कार्यक्रममा सुरक्षित आप्रवाशन (सामी) परियोजनाका सुचना तथा परामर्श दाता एम लाल साहले कार्यक्रमको सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका शिक्षक लगायत ४५ जना विद्यार्थीको सहभागिता रहेको पधानाध्यापक मो. सनाउल्ला राइने बताए ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.