शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भलिवल प्रतियोगिता बिराटनगर र पटना विजय
फाल्गुन १८, २०७३ | फिरोज शेख

फिरोज शेख लहान ,फागुन १८ - 
सिरहाको लहानमा दोस्रो खुल्ला पुरुष भलिवल प्रतियोगिता २०७३ अन्तर्गत मंगलबार भएको खेलमा पटना बिहार र क्षेत्रीय प्रहरी कार्यलय बिराटनगर विजय  भएका छन् । श्री श्रुजना सामुदायिक पुस्तकालय पडरिया , लहान ११ को आयोजनामा आयोजित खुल्ला भलिवल प्रतियोगितामा मंगलबार पहिलो खेल महोतरी र पटना बिहार बीच भएको थियो । जसमा पटना विजय भएको छ । त्यस्तै सम्पन्न दोस्रो खेलमा क्षेत्रीय प्रहरी कार्यलय बिराटनगरले भोटिया टोल लाई जित हात पारेका छन् । आज हुने पहिलो सेमिफाइनलमा क्षेत्रीय प्रहरी कार्यलय बिराटनगर र एपीएफ काठमाडौं भलिवल संघ बीच हुने छन् भने दोस्रो खेल सेमिफाइनल खेल पुर्व क्षेत्रीय तालिम केन्द्र बिराटनगर र पटना बिहार बीच हुने जिल्ला खेलकूद बिकास समिति सिरहाका अध्यक्ष सचिदानन्द चौधरीले रेडियो सरगम लाई जानकारी दिएका छन् I पर्तियोगीतामा प्रथम हुने टिमले नगद १ लाख संगै शिल्ड मेडल  र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो हुने टिमले ५० हजार नगद ,शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगिताको मिडिया पाटनर रेडियो सरगम ९३ मेगाहर्ज र सरगम खबर डटकम रहेका छन् । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.