शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भुतही गाबिस ४१ औं गाबिसको रुपमा खुल्ला दिसा मुक्त घोषणा
फाल्गुन १८, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, १८ फागुन । सप्तरीको भुतही गाबिस जिल्लाको ४१ औं गाबिसको रुपमा खुल्ला दिसा मुक्त एवं पुर्ण खोप गाबिस बुधबार भव्य समारोह बिच घोषणा गरिएको छ । गाबिस सचिव तथा गाबिस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक हरेराम यादवको अध्यक्षता तथा जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक एवं स्थानीय विकास अधिकारी सुदेव प्रसाद पोखरेलको प्रमुख आतिथ्य एवं जिल्ला खानेपानी कार्यालयका प्रमुख एवं डिवासिसीका सदस्य सचिव ई.लोकेन्द्र प्रसाद यादवको विशिष्ट आतिथ्यमा भुतही गाबिसलाई खुल्ला दिसा मुक्त एवं पुर्ण खोप गाबिस घोषणा गरिएको हो ।

सो घोषणा समारोहमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नगेन्द्र प्रसाद चौधरी ,गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरी ,सबल नेपालकी अध्यक्ष जुना गिरी ,युएनह्याविटाटका जिल्ला संयोजक हरी बुढाथोकी ,एसएनभि नेपालका कृष्ण जिसी ,जिल्ला विकास समितिका बरिष्ठ कार्यक्रम अधिकृत नवराज खडका ,डिवासिसीका सचिवालय संयोजक मिथिलेश कुमार यादव ,सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झा ,भिवासिसीका शिब नारायण राय ,शुभ नारायण यादव ,रेडक्रस सोसाईटी पातोका सभापति जितन कुमार यादव सहितका बक्ताहरुले आ आफनो शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।सोही समारोहमा गाबिसलाई खुल्ला दिसा मुक्त अभियानलाई सफल पार्नका लागि दिनरात्त सहयोग गर्ने भिवासिसीका पदाधिकारीहरुलाई डिवासिसीका प्रमुख अतिथि तथा विशिष्ट अतिथिद्धारा दोसल्लाह तथा प्रमाणपत्र प्रदान गरेको थियो भने कार्यक्रममा भोरुकवा एफएमका कलाकारहरु कैलाश झा ,केशब चौधरी सहितद्धारा विभिन्न गित संगितमा सहभागिहरुलाई मनोरंजन प्रदान गरेको थियो । 

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.