शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सूर्या लाइफ इन्सोरेन्स र ग्लोबलको साझेदारीमा जीवन विमा योजना
फाल्गुन १८, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, १८ फागुन । 
सूर्या लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड र ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेड राजविराजको साझेदारीमा ग्लोवलका सदस्यहरुलाई जीवन विमा गरिने भएको छ । बुधबार राजविराजमा आयोजित अभिमूखीकरण कार्यक्रममा सूर्या लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडकी प्रतिनिधि सुवर्णा न्यौपाने खनालले कम्पनीले हाल संचालन गरेको विमा सम्बन्धी नीति, पोलिसि र योजनाबारे जानकारी दिइन् ।६७ वटा शाखा मार्फत कम्पनीले विमा कार्यक्रम संचालन गरिरहेको जानकारी दिंदै उनले हाल कम्पनीको रिजर्भमा १७ करोड ५४ लाख रकम रहेको बताईन । सोही कम्पनीका राजविराज शाखा प्रमुख चन्द्रदेव यादवले सहकारी संस्था मार्फत गरिएको विमामा दोहोरो फाइदा हुने भन्दै विमा गरेर जोखिम कम गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।ग्लोबल बहुमुखी सहकारी संस्थाका संस्थापक अध्यक्ष सुखराम यादवले संस्थामा आगामी असारसम्म एक हजार संस्था आबद्ध पदाधिकारी, कर्मचारी, स्वयंसेविका लगायतको विमा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

संस्थाका अध्यक्ष भोलारमण उप्रेतिले सहकारीमा आबद्धहरुलाई विमा गराउनका लागि यो कार्यक्रम प्रभावकारी रहेको बताउँनुभयो । यस्तै सस्थाका कार्यक्रम प्रर्बघक पंकज पोखरेलले आजको थोरै लगानीले भोलीका दिनमा उल्लेख्य आमदानी र उज्जवल भविष्य सुनिश्चित गर्न सकिने भन्दै सूर्या लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड र ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेड राजविराजको साझेदारीमा ल्याईएको योजनामा सहभागी भई लाभ उठाउन सबैसंग आग्रह गर्नुभयो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.