शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
धनुषामा भोज खान गएका नाबालकको हत्या
फाल्गुन १९, २०७३ | सरगम खबर समाचारदाता

शैलेन्द्र क्रान्ति - जनकपुरधाम , फागुन १९ गते । धनुषामा एक नाबालकको हत्या भएको छ । जिल्लाको पटेर्वा १ बस्ने राजाराम यादवका ७ वर्षका छोरा रुपेश यादवको हत्या भएको हो । गत सोमबारदेखि वेपता बालकको शव बुधबार साँझ घर नजिककै गँहु खेतमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको हो । घाँटीमा लगाएको मालाले बालकको घाँटी थिचेर हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । बालकका काका रामनाथ यादवका अनुसार गत सोमबार घर नजिकै छिमेकको घरमा भोज खान गएको बेला भतिज रुपेश वेपत्ता भएका थिए । भोज खाएर रुपेश आफु पढ्ने जनज्योताी बोर्डिंग स्कुलमा पढ्न गएको आफुहरुले लागे पनि साँझ घर नआउँदा खोजतालास शुरु गरेको काका रामनाथको भनाई छ । सोमबार साँझदेखि खोजतलास गर्दा बालक नभेटिएपछि मंगलबार घरपरिवारले ईलाका प्रहरी कार्यालय सवैलामा निवेदन दिएको थियो । खेजतलासको क्रममा बुधबार साँझ घर नजिकैको गहँु खेतमा बालको हत्या भएको अवस्थामा फेला परेको घरपरिवारले जनाएको छ । 

भोज खाएर हात धुने बेला नै भतिज रुपेशलाई अपहरण गरी हत्या गरेको हुन सक्ने काका रामनाथको भनाई छ । उहाँका अनुसार करिब १ महिना अघि खेल्ने क्रममा भतिज रुपेश र छिमेक सिरिया मुखियाका  नातिसंग बच्चा बच्चमा झग्डा भएको थियो । बच्चाको झग्डाको क्रममा रुपेशकी आमा पलासोदेवी र सिरिया मुखियाका बुहारीसंग झग्डा बाझियो । त्यस क्रममा कुटपीट समेत भएको थियो । विवादको पञ्चायतसमेत भएर झग्डा सल्टि सकेको छ । 

त्यस घटनाको एक महिना पश्चात बालकको हत्या भएकाले सिरिया मुखियाकै परिवारले अपहरण गरेको हुन सक्ने रुपेशका परिवारको आशंका थियो । बुधबार बिहान सिरिया मुखिया र उनकी श्रीमती ईमिरादेवी मुखिया घरबाट भाग्न खोजेपछि स्थानीयबासीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय सवैलालाई जिम्मा लगाएको केहि समय पश्चात बुधबार साँझ नै रुपेशको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सिरिया मुखियाका अत्यन्तै निकटका व्यक्ति स्थानीय महेश यादवलाई समेत नियन्त्रणमा लिएर तीनै जनामाथि अनुसन्धान गरिरहेको सबैला ईलाका प्रहरीका सई टेक बहादुर ढकालले जानकारी दिनुभयो ।   बलकको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याय धनुषाले जनाएको छ । 
 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.