फिरोज शेख लहान , फागुन २१ -
लहान नगरपालिका–३ स्थित ठाडी बस स्टेन्डमा सिरहा, ईनर्वा–८ बस्ने ३० वर्षीय कृष्णकुमार झाको झोलामा रहेको २ लाख रुपैयाँ नगद, २ तोला सुनको गहना र केही कागजातहरु शुक्रबार चोरी भएको छ । ठाडी बस स्टेन्डमा करीव ४५ वर्षीय अपरिचित पुरुषले झालाई तपाईको सर्टमा बिस्कुट घोलेको लेदो लागेको छ भनेपछि नजिकै रहेको धारा छेउमा उक्त धनमाल भएको झोला राखेर सर्ट धुने क्रममा झोला सहितको धनमाल चोरी भएको छ । धनमाल चोरी गर्नेहरुको खोजी गर्नुको साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी हिरा बहादुर पाण्डेले सरगम खबर डटकम लाई जानकारी दिनुभयो ।