शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विवेकानन्द सांस्कृति ज्ञान परिक्षा सम्पन्न
फाल्गुन २२, २०७३ | फिरोज शेख

फिरोज शेख लहान , २०७३ फागुन २२ - 
" संस्कार र संस्कृति नै राष्टका प्राण हुन् " मूल नाराका साथ् हिन्दु स्वयमसेवक संघ नेपाल सगरमाथा अञ्चल लहान द्वारा आयोजित सिरहाको लहानमा स्वामी विवेकानन्द सांस्कृति ज्ञान परिक्षा सनिबार लहानको पशुपति उ. मा. बि. को प्रांगणमा सम्पन्न भएको छ। हिन्दु स्वयमसेवक संघ नेपालका बिभाग व्यवस्थापन प्रमुख अशोक शर्माको अध्यक्षता र डा. महादेव साहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त परिक्षामा संघका जिल्ला सह कार्यबाहक योगेन्द्र यादव,नगर सह सम्पर्क प्रमुख ओपेन्द्र साह,लहान नगर विद्यार्थी विस्तारक अनिल कापड तथा सगरमाथा अञ्चल प्रचारक कृष्ण चौधरीको उपस्थिति रहेको थियों। परिक्षामा सिरहा र सप्तरीका विभिन्न स्कुल तथा कयाम्पसबाट गरि ६०० विद्यार्थीको सहभागिता रहेको थियो। जस मध्ये १२ जना विद्याथीले सर्वोत्कृष्ट अंक ल्याउन सफल भएको थियो। सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुमा गोलाप्रथाको माध्यम बाट नतिजा निकालिएको थियो। त्यस अन्तर्गत लहान प्यारागन उमाविका कमलेश साह पहिलो  , ओम सनराईज बोर्डिंग स्कुलका कृष्ण महतो दोस्रो र ईसटर्न ज्योति स्कुलका अमित मिश्रा तृतीय भएका छन् । विजेता तिनै जना लाई क्रमस  प्रथम पुरस्कार रु ५ हजार ५ सय ५५ ,दोस्रो पुरस्कार रु ४ हजार ५ सय ५५ र तृतीय पुरस्कार रु.२ हजार ५ सय ५५ पर्दान गरिएको छ। त्यस्तै सान्तवना पुरस्कार ५ जना लाई रु १ हजार १ को दरले पर्दान गरिएको छ ,भने सर्वोत्कृष्ट अंक ल्याउने सम्पूर्ण विद्यार्थीलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो। कार्यक्रमको उद्घोषण रामनारायण साह र हरेराम साहले गरेका थिए । उक्त कार्यक्रमको मुख्य उदेश्य युवा पिढीमा आफ्नो धर्म ,संस्कृति ,इतिहासको सरक्षण र पहिचान गराउनु रहेको संघका अशोक शर्माले बताए ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.