शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाका एक लाख ३२ हजार बालबालिका पोलियो खोपबाट बन्चित
फाल्गुन २२, २०७३ | फिरोज शेख

फिरोज शेख लहान २०७३ फागनु २२ – स्वास्थ्यकर्मीको आन्दोलनको कारण सिरहामा पाँच वर्ष मुनिका एक लाख ३२ हजार ३६  बालबालिका पोलियो थोपा खानबाट बञ्चित भएका छन् । राज्यले आफ्नो मागको सम्वोधन नगरेकाले समयमै पोलियो थोपा खुवाउन नसकिएको स्वास्थ्यकर्मी युनियन सिरहाका अध्यक्ष रामसेवक यादवले जानकारी दिनुभयो । निजामति सेवा ऐन कार्यान्वयन तथा पद व्यवस्थापनको माँग राखी आन्दोलनमा रहेका सिरहाका स्वास्थ्यकर्मीले सम्पूर्ण सेवाहरु बन्दगरी धर्नामा रहेकाले आफूहरुले सरकारले तोकेको समयमा पोलियो थोपा खुवाउन नसकिएको अध्यक्ष यादवले बताउनु भयो । उहाँले हिजैबाट पोलियो थोपा खुवाउनु पर्नेभएपनि सवै स्वास्थ्यकर्मीहरु आन्दोलनमा रहेकाले खुवाउन नसकिएको बताउनु भयो । 

उहाँले आज आइतबार केन्द्रियस्तरको ट्रेडयुनियनले मानवअधिकार र बालबालिकाका सवालमा लचक भई आन्दोलनमै रहेर पोलियो थोपा खुवाउन अनुरोध गरेपछि हामी आन्दोलनमै रहेर सोमबार र मंगलबारसम्ममा सवै बालबालीकालाई पोलियो थोपा खुवाछौं, उहँले भन्नुभयो, ‘राज्यकै कारण अन्यथा हुन गएको हो ।’सकारले पोलियो थोपा खुवाउन छुटेका काठमाडौ उपत्यकाका तीनवटै जिल्ला सहित तराइका १५ जिल्लामा शनिवार र आईतबार पोलियो थोपा खुवाउन आव्हान गरिएको भएपनि सिरहामा अझै पोलियो थोपा खुवाएको छैन । 

यता जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका खोप अधिकृत शिवचन्द्र ठाकुरका अनुसार मंगलबजारसम्ममा कोही बालबालिका नछुट्ने गरी खोप खुवाउने बताउनु भयो । उहाँले स्वास्थ्यकर्मीहरुको आन्दोलनको कारण ढिलाभएपनि मंगलबारसम्ममा बालबालिकाले खोप पाउने बताउनु भयो । आज बेलुका सम्ममा जिल्लाका १५ वटै रिपोर्टिङ सेन्टरहरुमा खोप पुग्ने र भोलीबाट पोलियो खोप खुवाउने काम गर्ने बताउनु भयो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.