शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कर्ण सहित स्वास्थ्यक्षेत्रका १८ जना निलम्बनमा
फाल्गुन २२, २०७३ | सरगम खबर समाचारदाता

सिरहा, २२ गते फाल्गुन । सिरहा जिल्लाका स्वास्थ्य प्रमुख डा. दयाशंकर लाल कर्ण सहित १८ जनालाई स्वास्थ्य मन्त्रालयले आइतबार निलम्बन गरेको छ । पोलियो थोपा अभियानलाई असहयोग गरेको भन्दै डा.कर्ण सहित १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनिहरुलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७८ (३) बमोजिम र निजामती कर्मचारीको हकमा निजामती सेवा ऐन, २०४९ को दफा ६४ (३) बमोजिम निलम्बन गरिएको छ ।साथै विभागीय कारबाही किन नगर्ने भनेर स्पष्टिकरण सोधेको हो । उनीहरूलाई ३ दिनभित्र स्पष्टिकरण दिन भनिएको छ ।स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयन तथा पद व्यवस्थापनको माग राखी केही दिन यता सिरहा लगायतका स्वास्थयकर्मीहरु आकस्मीक सेवा बाहेक नियमित कार्यक्रमहरु ठप्प गरी धर्ना बसेका छन । सरकारले शनिबार र आइतबार पोलियो थोपा खुवाउन आहवान गरेको भएपनि स्वास्थ्यकर्मीको अबरोधको कारण सिरहा लगायतका जिल्लाका बालबालिका पोलियो थोपा खानबाट बञ्चित भएका थिए । सिरहाका १ लाख ३२ हजार ३६ बालबालिका पोलियो थोपा खानबाट बञ्चित भएका छन् । 

निलम्बनमा पर्नेहरुको नामावली यस प्रकार छन् - 

१. राजकुमार थापा को.चे.अ.पाँचौ जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर

२. सुरेन्द्रराज जोशी सि.अ.हे.ब.छैटौ बलरामपुर स्वास्थ्य चौकी, कपिलवस्तु

३. विष्णुबहादुर क्षेत्री सि.अ.हे.ब.छैटौ मानपुर स्वास्थ्य चौकी, कपिलवस्तु

४. विरेन्द्र कुमार मिश्र सि.अ.हे.ब.छैटौ बेदौली स्वास्थ्य चौकी कपिलवस्तु

५. पृथ्वीचन्द्र भगत सि.अ.हे.ब.छैटौ महेन्द्रनगर स्वास्थ्य चौकी, सुनसरी

६. महेश पोखरेल सि.अ.हे.ब.छैटौ मधेशा स्वास्थ्य चौकी, सुनसरी

७. अनिल कुमार पाण्डेय सि.अ.हे.ब.छैटौ सिर्सिया स्वास्थ्य चौकी, पर्सा

८. राजेशप्रसाद रौनियार सि.अ.हे.ब.छैटौ सखुवा प्रसौनी स्वास्थ्य चौकी, पर्सा

९. शेषराज दाहाल सि.अ.हे.ब.छैटौ सिपाडोल स्वास्थ्य चौकी, भक्तपुर

१०. देवनारायण साहु सि.अ.हे.ब.छैटौ बसन्तपुर स्वास्थ्य चौकी, सुनसरी

११. छेदीप्रसाद यादव तथ्यांक अधिकृत जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी

१२. नागेन्द्रप्रसाद चौधरी निमित्त प्रमुख जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी

१३. टोपबहादुर थापा सि.अ.हे.ब. धर्मस्थली स्वास्थ्य चौकी, काठमाण्डौ

१४. बासुदेब पोखरेल सि.अ.हे.ब. देबस्थल स्वास्थ्य चौकी, सल्यान

१५ रमेश कार्की सि.अ.हे.ब.छैटौ बैजनाथ स्वास्थ्य चौकी, मोरङ्ग

१६ डा. दयाशंकर लाल कर्ण प्रमुख जिल्ला स्वास्थ्य कार्यालय, सिरहा

१७ सचितानन्द देब निमित्त प्रमुख जिल्ला स्वास्थ्य कार्यालय, धनुषा

१८ संजयकुमार काफ्ले सि.अ.हे.ब.छैटौ स्वास्थ्य चौकी, सिद्राहा, मोरङ

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.