शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आमहडतालका कारण सप्तरी जिल्लाको जनजिवन प्रभावित
फाल्गुन २४, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यदन , सप्तरी फागुन २४ - 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका कार्यकर्ताहरुले मंगलबार राजविराजस्थित जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले आजवाट आह्वान गरेको अनिश्चतकालिन सप्तरी आमहडतालका कारण जिल्लाको जनजिवन प्रभावित भएको छ । सोमबार प्रहरीको गोली लागि तीन जनाको ज्यान गएको हो । बिहानैदेखी मोर्चाका कार्यकर्ताहरु राजविराज, पुर्व पश्चिम राजमार्गको भारदह र रुपनी, कंचनपुर, तोपा, हनुमाननगर ,पातो ,बोदेबसाईन ,बरही बिरपुर नहर चौक ,ईटहरी विष्णुपुरको अखिलेन्द्र चौक सहितका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । राजविराजस्थित गजेन्द्र चौकमा भेला भएका मोर्चाका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् । यता बन्दका कारण पुर्व पश्चिम राजमार्ग सहित जिल्लाका प्रमुख वजारहरु ठप्प रहेको छ । यता लामो तथा छोटो दुरीका सवारीसाधानहरु यहाँबाट चल्न सकेका छैन् भने कलकारखाना, शैक्षिक संस्था समेत ठप्प रहेको छ । मधेशी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादबका अनुसार सोमबारको झडपका क्रममा प्रहरीको गोली लागि तीनजनाको मृत्यु भएको, आठजना गोली लागि गम्भिर घाइते भएको र ३९ जना घाइते भएको जानकारी दिनुभयो ।यसैबीच मधेशी मोर्चा सप्तरीको बैठक राजविराजमा बसिरहेको छ । आन्दोलनको आगामी कार्यदिशा तय गर्न मोर्चाको बैठक बसिरहेको मोर्चा आबद्ध राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो । 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.