शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
निर्माणाधिन पुलको रड खसेर दुई घाईते
फाल्गुन २६, २०७३ | सरगम खबर समाचारदाता

उदयपुर, फाल्गुन २६ गते।
उदयपुरको लेखानीगाविस-२ स्थित पुल बनाउने क्रममा रडले लागेर बिहिबार बिहान दुई जना घाईते भएका छन्।घाईते हुनेमा भारत सुपौल ९ घर भई हाल सोही पुलमा कामदारको रुपमा काम गर्दै आईरहेका बिजय मुखिया र सोही ठाँउ बस्ने प्रदीप पासवान रहेका छन्।लेखानी २ स्थित मध्यपहाडी राजमार्गको बादुरा खोलामा निर्माणाधिन अबस्थामा रहेको पुलमाथिबाट अचानक रड खसेर पुलको मुनि बसेर काम गरिरहेका उनिहरुलाई लागेको थियो। घाईते दुबैजनालाई उपचारकालागी काठमाण्डौ पठाईएको प्रहरी चौकी घुर्मीले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.