शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरी घटनाको विरोधमा नेपाल बन्द , गठबन्धनका दर्जनौं कार्यकर्ता पक्राउ
फाल्गुन २७, २०७३ | फिरोज शेख

फिरोज शेख , लहान २०७३ फागुन २७ - 
सप्तरी घटनाको विरोधमा आज शुक्रबार एक दिनका लागि नेपाल बन्दको आह्वान गरिएको छ । घटनाको न्यायीक छानबीन गरी दोषि माथि कारबाही, मृतकलाई शहीद घोषणा, परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार जस्ता माग राखेर नेपाल बन्द घोषणा गरिएको हो । बल प्रयोग गर्नै नपर्ने ठाउँमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको, सप्तरी घटनामा नेकपा एमाले र सरकार गैर जिम्मेबार बनेको आरोप लगाउँदै २८ दलीय संघीय गठबन्धनले दबाबका लागि नेपाल बन्दको आह्वान गरेको छ । नेपाल बन्द सफल बनाउन गठबन्धनले सहकर्मी दल र मोर्चाहरुलाई कडाईका साथ बिहानैदेखि काठमाडौंको दुई दर्जन स्थानमा खटाएको छ । 

सिरहा ,सप्तरी ,धनुषा ,सुनसरी , झापा , महोतरी लगायत देशव्यापी जिल्लाहरुमा पनि बन्द सफल बनाउन गठबन्धन मातहतका दल र मोर्चाहरुलाई कडा निर्देशन जारी गरेको छ ।सप्तरीको मलेठमा सशस्त्र प्रहरीले चलाएको गोलि लागि चार जनाको मृत्यु र दर्जनौं गम्भीर घाइते भएपछि आक्रोशित बनेको संघीय गठबन्धनले सप्तरी घटनाको उच्चस्तरिय न्यायीक छानबीन गरी दोषि माथि कारबाही, मृतकलाई शहीद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार जस्ता माग पूरा गर्न सरकारलाई दबाब दिन नेपाल बन्द आह्वान गरिएको गठबन्धनले जनाएको छ ।सप्तरीमा भएको हत्याकाण्डको न्याय प्राप्ति र उत्पीडित समुदायहरुको समान अधिकार प्राप्तिको निम्ति आज फागुन २७ गते घोषणा गरिएको नेपाल बन्दको कार्यक्रमलाई सहयोग गर्नु हुन यातायात व्यवसायी, शैक्षिक संस्थाहरु, व्यापारी व्यवसायी तथा सम्बन्धित सबैलाई गठबन्धनले अपिल गरेको छ । 

यसै बीच सिरहाको लहानमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले बिहानै देखि रोडमा टायर बालि बिरोध प्रदर्शन गरिरहेका छन्। बन्दका कारण सिरहा सहित तराइ मधेशका जनजीवन प्रभावित भएको छ। सिरहाको व्यपारिक केन्द लहान बजार सुनसान देखिएको छ । पसल , शिक्षण संस्था, उद्योगधन्दा, कलकारखाना, यातायात पूर्ण रुपमा ठप्प रहेको छ ।

यसै बीच काठमाडौंको सकडमा बन्द गराउँदै हिडेका संघिय गठबन्धनका दर्जनौं कार्यकर्ता पक्राउ परेका छन् । विहानै देखि संघिय गठबन्धन आवद्ध दलका नेता तथा कार्यकर्ता सवारी साधन बन्द गराउन झण्डा लिएर सडकमा ओर्लेका थिए, बन्दकर्ताले ललितपुरको पुलचौकमा अवरुद्ध गर्न खोज्दा प्रहरीले पक्राउ गरेका छन् । प्रहरीले पक्राउ गर्न खोज्दो केहि बेर बन्दकर्ता र प्रहरीबीच झड्प पनि भएको थियो । प्रहरीले  संघिय समाजवादी फोरम नेपालका नेता अजम्बर राई काङमाङ लगायत दर्जनों लाइ पक्राउ गरेको छ।

यता संघिय गठबन्धनले आह्वान गरेको नेपाल बन्दका कारण उदयपुरको जनजीबन प्रभाबित भएको छ । बन्दका कारण सदरमुकाम गाइघाट बजार बिहानै देखी बन्द भएका छन् भने यातायातका साधनहरु पुर्णरुपमा ठप्प भएका छ । सडक , बजार तथा चौकहरुमा बसेका गठबन्धनका कार्यकर्ताहरुले शुक्रबार बिहानैबाट सवारी साधन चल्न दिएका छैनन । सप्तरीमा भएको घटनाको बिरोधमा गठबन्धनले बन्दको आह्वान गरेको हो । संघिय गठबन्धनका नेता तथा मधेसी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय सदसस्य खेम नारायण यादब राहुलका अनुसार बन्द अजा बेलुकी पाँच बजेपछी खुल्ने छ ।यातायातका साधन नचल्दा गन्तब्यमा हिडेका यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.