शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा प्रहरीको गोलीबाट मृत्यु भएका मध्ये तीन जना मलेठकै, मलेठबासी
फाल्गुन २७, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी ,२७ फागुन । 
सप्तरीको बसबिट्टी गाविसस्थित औद्योगिक क्षेत्रमा एमालेको मेचीमहाकाली अभियान अन्तरगत प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच फागुन २३ गते सोमबारका दिन जिल्लाको बसबिट्टी र मलेठ गाविसको सिमानामा भएको झडपमा प्रहरीको गोली लागेर मृत्यु भएका चार जनाको परिवार शोकाकुल छन् । सप्तरीमा भएको नरसम्हारको घटनाले जिल्ला नै स्तब्ध भएको छ । एमालेको अभियान यसअघि जिल्ला सदरमुकाम राजविराजस्थित राजरंगशालामा हुने भनिए पनि सम्भावित भिडन्त हुने सम्भावना र त्यसबाट हुने क्षतिलाई आंकलन गर्दै अभियानको एक दिन अगाडी स्थान परिवर्तन गरियो भने अभियानकै दिन बिहान अभियान प्रवेश गर्ने रुट समेत परिवर्तन गरियो । जिल्लाको भारदह–हनुमाननगर हुँदै राजविराजसम्म आउने १८ किलो मिटरको दुरीलाई परिवर्तन गर्दै भारदह–कंचनपुर–रुपनी हुँदै बसबिट्टी गाविसस्थित औद्योगिक क्षत्रसम्म ४० किलोमिटरको रुट तय गरियो । यता मोर्चाले सोही दिन जिल्लामा चक्काजाम घोषणा गरे अनुसार बिहानैदेखी प्रदर्शनलाई निरन्तरता दिँदै थियो । अभियान ३ बजे  सप्तरी प्रवशे ग¥यो । र निर्धारित कार्यक्रम स्थल गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ४ बजे प्रवेश ग¥यो । अभियानका क्रममा करिब १ घण्टा सम्म चलेको थियो । कार्यक्रममा एमाले नेता लालबाबु यादव, वरिष्ठ नेता माधव कुमार नेपाल बोलिरहँदा मोर्चाका कार्यकर्तामाथी प्रहरीले अऋ ग्यास हानी रहेको थियो । सो क्रम करिब २० मिनेट चलेको थियो ।  

मृत्यु भएका मध्ये तीन जना मलेठकै 

ती मृत्यु भएका चार  मध्ये तीन जना जिल्लाको मलेठ गाविस कै रहेका छन् । जसकारण अहिले सिङ्गो मलेठ गाविस अचानक आएको विपत्ले स्तब्ध छ । हाल मृतक चारैजनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको छ । हिन्दु परम्परा अनुसार मृतकको अन्त्येष्टि नभएसम्म घरमा चुलो बल्दैन । तर, अहिले मृतकको घरमा मात्र नभएर उनीहरुको छिमेकीहरु समेतले चुलो बालेका छैनन् । प्रहरीले गोली चलाउन थालेपछि भाग्ने क्रममा पछाडिबाट टाउकोमा गोली लागेर घटनास्थलमै ज्यान गुमाएका मलेठ २ का सञ्जन मेहताको पान पसल रहेको छ । उनी कुनै दलमा सक्रिय थिएनन् । 

यस्तै मलेठ ४ का ५० वर्षीय पिताम्बर मण्डल पनि कुनै पार्टीमा आवद्ध थिएनन् । उनी घरमा रंगरोगन गर्ने मजदुर थिए । यस्तै मलेठ २ का ३२ वर्षीय विरेन्द्र मेहता पनि कुनै पार्टीमा आवद्ध नरहे पनि आन्दोलनका क्रममा प्रहरी चलाएको गोली उनको पेटमा लागेको थियो । प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप हुन थालेपछि उनी घर नजिकै रहेको सडकमा निस्केका थिए । अचानक प्रहरीको गोली पेटमा लाग्यो र उनी ढले ।

यसैगरि सप्तरीको प्रसवनी स्थायी घर भई सप्तरीको राजविराज नगरपालिका ९ मा बस्दै आएका आनन्द साह स्वास्थ्यकर्मी थिए । उनी सोही दिन जिल्लाको डीमन गाविसस्थित स्वास्थ्य चौकीबाट काम सकेर राजविराज फर्कने क्रममा थिए । उनी उक्त स्वास्थ्य चौकीका सिनियर अहेव थिए । साह सोमबार पोलियो खोप पु¥याएर राजविराज फर्किने क्रममै थिए, मोटरसाइकलमै रहेको अवस्थामा उनको छातीमा गोली लागेको थियो । पिताम्बर र आनन्दको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा सोमबार राति मृत्यु भएको थियो । यसैबिच सप्तरी घटनामा चार जनाको मृत्यु भएकोप्रति विभिन्न संघ संस्थाहरुले भत्सर्ना गरेका छन ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.