शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विशाल शवयात्रामा हजारौको सहभागिता
फाल्गुन २८, २०७३ | फिरोज शेख

फिरोज शेख लहान २०७३ फागुन  २८ । 
सप्तरी मलेठ घटनामा प्रहरीको गोलीलागी मारिएका पाँचै जनाको विशाल शवयात्रा निकालिएको छ। हजारौंको संख्यामा सहभागी मोर्चाका नेता तथा कार्यकर्ता संगै आम सर्वसाधारणहरुको पनि शवयात्रामा बाक्लो सहभागी रहेको थियो। हजारौको संख्यामा रहेका जनमानसहरुले सयौं गाडिहरुमा सवार भई शवयात्रामा सहभागी भई यात्रा लाई सप्तरीको राजविराज बाट आरम्भ गर्दै सप्तरीको हनुमानगर, भारदह, कन्चनपुर, महुली, रुपनी हुदैं लहान सम्म आएका थिए। शुक्रबार साझ देखि अचानक परिवर्तन मौसमका कारण  पानि संगै चिसो हावा चल्नाले सनिबार बिहान ८ बजे शवयात्रा निकाल्ने तय भएपनि मौसमका कारण दिउसो १ बजे बाट मात्र शवयात्रा सुरु भएको थियो। ढिला गरि सुरु भएको यात्रा दिउसो ३ बजे लहानआइपुगने भनिएता पनि शवयात्रा साझ ६ :३० बजे लहान आएका थिए । हजारौको संख्यामा लहानको शहिद रमेश चौकमा उपस्थित मोर्चाका नेता तथा कार्यकर्ता संगै सर्वसाधारणहरुले नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा फागुन २३ गते आयोजना गरिएको जनसभामा सुरक्षाका लागि खटिएको नेपाल  प्रहरी र शशस्त्र प्रहरीको गोली लागेर मलेठ गाविस वडा नम्वर– २ का २५ वर्षिय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षिय पीताम्बर मण्डल, प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षिय सिनियर अहेव आनन्द कुमार साह र उपचारको क्रममा शहदत प्राप्त गरेका मलेठ–४ का विरेन्द्र महतो र सप्तरीको जमुनी मधेपुरा गाविस वडा नम्वर–१ कटवी गाउँ निवासी ५० वर्षिय ईनरदेव यादव लाई अन्तिम श्रद्धाञ्जली दिएका छन्।  


शवयात्रामा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो , नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा , संघीय गठबन्धन एवम् संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक उपेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत् सिंह भण्डारी, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायत केन्द्रीय नेताहरु शवयात्रामा सहभागी भएका थिए । शवयात्रा पश्चात आजै अन्तिम संस्कारकालागि पाँचै जना लाई परिवारजनकोजिम्मा लगाई घटना भएको घटना स्थलमा सामुहिक दाह संस्कार गर्ने कार्यक्रम रहेको सप्तरी मोर्चाले जनाएका छन् । शव यात्रा शुरु हुनु भन्दा अगाडि मधेशी मोर्चामा आवद्ध दलहरुको सामुहिक झण्डा सहादत प्राप्त गरेकाहरुलाई ओढाएर सम्मान गरिएको थियो ।शुक्रवार मध्यराती मृतकहरुको शव जिल्लाको सदरमुकाम राजविराज ल्याईएको थियो । शवलाई रातभरी गजेन्द्र चौकमा राखिएको थियो ।यसै बीच सप्तरी मोर्चाले आह्वान गरेको निश्चितकालिन जिल्ला बन्द आजै बाट फिर्ता लिएको छ। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.