शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मटकाफोर कार्यक्रम अस्थगित
फाल्गुन २९, २०७३ | फिरोज शेख

फिरोज शेख लहान फागुन २९ - 
प्रतेक वर्ष ग्लोवल फ्रेन्ड्स एसोसिएसनले मनाउदै आएको मटकाफोर कार्यक्रम अस्थगित भएको छ।फाल्गुन २३ गते नेकपा एमालेले थालेको मेची महाकाली अभियान अन्तरगत भएको गोलीकाण्डमा पाच जनाको मृत्यु र दजर्नौ गम्भीर घाइते भएको कारण शोकाकुल भएको मधेश , यस्तो समयमा उत्साह जनक कार्यक्रम गर्न उपयुक्त न हुने ठहर गर्दै कार्यक्रम स्थगीत गरिएको जनाइएको छ । प्रत्येक वर्ष होली पर्वको अवसरमा होलीको दिन लहानको राममन्दिर अगाडी  मनाइदै आएको मट्काफोर महोत्सवको यसवर्ष पनि सम्पुर्ण तयारी पुरा भएको थियो।राजविराज घटनाले शोकासुल घडीमा महोत्सव गर्नु उचीत नरहेकोले शहदत प्राप्त गरेका वीर मधेशी युवाहरुको श्रद्धाञ्जली र सम्मानमा चौथो मटकाफोर कार्यक्रम अस्थागित गरिएको ग्लोवल फ्रेन्ड्स एसोसिएसन लहानका अध्यक्ष बसन्त साहले सरगम खबर लाई जानकारी दिएका छन् । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.