शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सुखिपुर नगरपालिकालाई गाँउपालिका बनाएको विरुद्धमा तालाबन्दी
फाल्गुन २९, २०७३ | सरगम खबर समाचारदाता

रोयाण्टर मण्डल - 
सुखीपुर (सिरहा),फागुन २९ । सुखीपुर नगरपालिकालाई गाउँ पालिकामा परिवर्तन गरेको हुदाँ सरकारले हट पुर्वक गरेको निर्णयको विरुद्धमा स्थानीयवासीहरुले निर्णय परिवर्तन गर्नका लागि स्थानीय निकाय सुखीपुरमा तालाबन्दी गरेको छ । नेपाल सरकारले २०७२ साल आशिन १ गतेका निर्णय अनुसार ७ गाविसलाई समायोजनगरी नगरपालिकामा परिवर्तन गरेको थियो तर तीन दिन पहिल मन्त्रि परिषदको निर्णय अनुसार नगर पालिकाबाट एकाशी गाउँ पालिकामा परिवर्तन गरेको हुदा नगरवासीहरु आक्रोशित हुदै सुखीपुरको स्थानीय निकाय ( सरकारको निर्णय अनुसार सुखीपुर गाउँ पालिका) मा तालाबन्दी गरेर विरोधमा उत्रेका छन् । सुखीपुर गाविस , मोहनपुर कमलपुर गाविस, कविलासी गाविस, विद्यानगर गाविस , लहकन्हा , बल्ही र सिर्लोवा पछवाडी गाविसलाई समायोजनगरी सुखीपुर नगरपालिका स्थापना भएको थियो । स्थानीयहरुले पनि नगरपालिकाको अनुभुती गर्दै गरेको बखतमा सरकारको अर्को निर्णय सुखीपुर नगरपालिकालाई सुखीपुर गाउँपालिकामा परिर्वतन गरेको हुदा स्थानीयहरु नगर पालिकाको माग गर्दै आन्दोलनमा उत्रेका छन् । स्थानीयहरु आन्दोलनमा उत्रेपछि स्थानीय निकायका सम्पूर्ण कामहरु प्रभावित भएका छन् । 

यता सुखीपुर नगर क्षेत्रका जनसमुदायलाई आज सुखीपुरमा अन्तक्रिया कार्यक्रम राखीएको र अगामी दिनको आन्दोलनका कार्यक्रमहरु तय गर्ने स्थानीय पत्रकार कृष्ण मोहन चाधैरी बताउनुभयो । सुखीपुर नगरपालिकालाई जनसंख्याको अधार बनाई गाउँ पालिकामा अबैज्ञानिक बनाईयो । सुखीपुर नगरपालिकामा अहिले पनि सरकारको जनसंख्याको तथ्यांक अनुसार भन्दा कयौं गुणा बढी जनसंख्या रहेको छ । तर नियमत नै खराब रहेको छ किनभने मधेशमा नगरपालिकाका पनि कम होस् मन्साय रहेको छ । सुखीपुर नगरपालिकाका छिमेकी गाविसहरु समेत रहेको थियो तर छिमेकी गाविसलाई समेत समायोजन गरे हुन् थियो तर सरकारको नजरिया नै खराब भएको कारणले गाउँ पालिकामा परिवर्तन स्थानीयहरुले बताउनुभयो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.