शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीको बन्द फिर्ता भएपनि होलीको कुनै रौनकता छैन
फाल्गुन २९, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी , २९ फागुन । सप्तरीमा प्रहरीको गोलीबाट पाँच जनाको मृत्यु भएपछि यस वर्षको होलिमा कुनै पनि रौनकतानै देखिएको छैन । अन्य वर्ष हर्षोउल्लासका साथ रंग अबिर लगाई खेल्दै आएको होली पर्व यस वर्ष होलीको पुर्व सन्ध्यामा नै प्रहरीको गोलीबाट पाँच जनाको मृत्यु भएपछि होलिको रौनकता समाप्त भएको हो । रंग अविरको पर्व मानिने होली यस वर्ष ५ जना शहादत पछि सप्तरी सहित मधेशका जिल्लाहरुमा रौनकता र उमङ्गतामा पनि निकै कमि आएको छ । यता फागुन २३ गते घटनाभएपछि बन्द रहेको अनिश्चितकालिन सप्तरी बन्द आईतबारदेखि फिर्ता भएपछि बजारमा सर्वसाधारणहरुको विस्तारै विस्तारै चहल पहल हुन थालेपनि होलीको खासै रौनकता देखिएको छैन । लगातार पाँच छ दिनको बन्दपछि जनजीवन कष्टकर बनेको सप्तरीबासीहरुको जनजीवनमा आईतबारदेखि केही सुधार आउन थालेको छ । 

तर होलीको मुखमा आएर पाँच जनाको मृत्यु भएपछि यस वर्ष उमङ्गका साथ होली पर्व नमनाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आग्रह गरेपछि पनि सप्तरीमा होलीको खासै रौनकता देखिएको छैन । यता अनिश्चितकालिन बन्द फिर्ता लिएपनि सप्तरीमा दैनिक उपभोग्य सामग्रीका साथै खासगरी पेट्रोलियम पदार्थको कृत्रिम अभाव कायमै रहेको देखिन्छ । प्रति लिटर १ सय २ रुपैयाँ पर्ने पेट्रोल अहिले बन्द हडतालको बहानामा बजारमा खुल्लेआम २ सय रुपैयाँ प्रति लिटर पेट्रोलियम पदार्थ पाईएपनि कार्बाह ीगर्ने निकाय मौन रहेको देखिन्छ । यहाँका पेट्रोल पम्पमा पेट्रोल नबाडेपनि बजारमा खुल्लेआम पानीको बोतलमा दोब्बर मुल्यमा पेट्रोलियम पदार्थको कालोबजारी हुने गरेको छ । तसर्थ बन्द हडतालको नाममा सर्वसाधारणहरुलाई दैनिक उपभोग्य सामग्रीका साथै पेट्रोलियम पदार्थमा भईरहेको कालोबजारीलाई नियन्त्रण गर्नुपर्ने तथा सचेत र सजग भएर यस वर्षको होलि पर्व मनाउनुपर्ने जरुरी रहेको देखिन्छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.