शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
‘बाहुबली– २’ को दोस्रो पोष्टर सार्वजनिक
चैत्र १, २०७३ | सरगम खबर समाचारदाता

मुम्बई । कटप्पाले बाहुबलीलाई किन मारे ? यसै प्रश्नको जवाबका लागि दर्शकलाई कौतुहलता रहेको छ । र, सोही कौतुहलता मेटाउन ‘बाहुबली– २’ को प्रतिक्षा गरेका छन् ।ठूलो ब्यानरको दक्षिण भारतीय फिल्म ‘बाहुबली– २’ सँग जोडिएका हरेक सानाठूला जानकारी लिन दर्शकहरू इच्छुक छन् । फिल्म मेकर्सले हालै ‘बाहुबली– २’ को दोस्रो पोस्टर जारी गरेका छन् । जसमा कटप्पा र बाहुबलीका बीच भावनात्मक सम्बन्ध देखाउन खोजिएको छ ।फिल्ममा भल्लाल देवको अभिनय गरेका राणा डग्गूबातीको पनि अर्को पोस्टर सार्वजनिक गरिएको छ । जसमा फिल्मका सबै मुख्य कलाकारहरूको झलक देखाइएको छ ।पोस्टरमा बाहुबली बनेका प्रभास चोट लागेको अवस्थामा देखिएका छन् । पोष्टरमा भल्लाल देव बनेका राणा आफ्नो कस्सिलो शरीरमा डराउन दिने अवस्थामा छन् । कटप्पा योद्धा बनेको अवस्था तथा आफू दबाबमा रहेको देखाउन खोजिएको रुपमा छन् ।

देवसेना र अवंतिका बनेकी अनुष्का शेट्टी तथा तमन्ना भाटिया पनि पोस्टर पर छन् । ‘बाहुबली– २’ के पहिलो पोस्टरमा बाहुबली र देवसेनालाई मात्रै देखाइएको थियो ।‘बाहुबली– २’ लाई एसएस राजामौलीले निर्देशन गरेका हुन् । यो फिल्म २८ अप्रिलमा रिलीज हुँदैछ । १६ मार्चमा ‘बाहुबली– २’ ट्रेलर रिलीजको डेट तय गरिएको छ । – एजेन्सी

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.