शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
धनुषामा ट्याक्टरले किचिएर तीन बालिकाको ज्यान गयो
चैत्र २, २०७३ | सरगम खबर समाचारदाता

धनुषाधाम २०७३ चैत्र २ - 
धनुषाको गोठकोयलपुरमा ट्याक्टरले किचिएर तीन जना बालिकाको ज्यान गएको छ । बुधबार विहान करिब ११ बजे गिद्धाबेलापट्टीबाटा ईट्टा लिएर आउँदै गरेको ज १ त ३६२२ नम्बरको ट्याक्रको स्ट्रडिंग फेल भएर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।ज्यान जाने बालिकाहरुमा गोठकोयलपुर ९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता साफी, श्याम साफीकी पाँच वार्षीया छोरी संजिता साफी र ठेकुवा साफीकी ५ वर्षकी छोरी प्रिया साफी रहेको ईलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ । प्रहरी निरीक्षक पवन कान्त झाका अनुसार तीनै जनाबालिका शौच गर्न गएको बेला आउँदै गरेको ट्याक्टरको स्ट्रडिंग फेल भएर ट्याक्टर सडक छेउमा पल्टेको हो । मृत बालिकाहरुलाई पोष्टमार्टमा लागि जनकपुर अञ्चल अस्पतालमा लग्ने तयारी भईरहेको र घटना विषयमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.