शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नपा लाई गाउँ पालिकामा परिवर्तन गरेको बिरुद्धमा चक्काजाम
चैत्र २, २०७३ | फिरोज शेख

फिरोज शेख लहान २०७३ चैत्र २ । सुखीपुर नगरपालिकालाई गाउँ पालिकामा परिवर्तन गरेको बिरुद्धमा स्ठानियहरु आन्दोलित हुदै महेन्द्र राजमार्गमा २ घण्टा चक्काजाम गरेका छन् । बुधवार सुखिपुर निवासीहरु आन्दोलित हुदै मध्यान्ह १२ बजे देखि २ बजे सम्म सिरहाको धन्गढीमाई नगरपालिका स्थित महेन्द्र राजमार्गमा हजार्रौको संख्यामा उपस्थित भई चक्काजाम गरेका हुन। चक्काजामका कारण पुर्व पश्चिम राजमार्गमा दैनिक चल्ने सयौ गाडीहरुको लाम लागेको थियो। जाम्मा   परेका यात्रुहरु समयमा गन्तव्यमा पुगन नसक्दा गुनासो गरेका थिए ।

यता आन्दोलित सुखिपुरवासी जिल्ला बिकास समिति कार्यालय सिरहामा मंगलबार अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् , भने फागुन २८ गते देखी नै (सरकारको निर्णय अनुसार सुखीपुर गाउँपालिका) मा तालाबन्दी गरेर विरोधमा उत्रेका छन।गत २०७२ साल आश्विन १ गते नेपाल सरकारले गरेको निर्णय अनुसार सुखीपुर गाविस , मोहनपुर कमलपुर गाविस, कविलासी गाविस, विद्यानगर गाविस , लहकन्हा , बल्ही र सिर्लोवा पछवाडी गाविसलाई समायोजनगरी सुखीपुर नगरपालिका बनाएको थियो।तर ६ दिन अघि मन्त्रीपरिषदको निर्णय अनुसार नगरपालिकाबाट सुखिपुर लाई  गाउँपालिकामा परिवर्तन गरेको हुदा नगरवासीहरु आक्रोशित हुदै तालाबन्दी , चक्काजाम लगायतका विरोध कार्यक्रमहरु गर्न थालेका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.