शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज देखि सुरु हुँदै ,
चैत्र ३, २०७३ | फिरोज शेख

फिरोज शेख लहान २०७३ चैत ३ - 
देशभर आज बिहीबार बिहान ८ बजेदेखि एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)  शुरु भैरहेको छ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा देशभरबाट दुईलाख ५९ हजार सातसय ३२ छात्र र दुईलाख ७८ हजार चारसय ५० छात्रा गरी कुल पाँचलाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी हुदै छन्। परीक्षाका लागि देशभर कुल एकहजार नौसय २३ केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी, एकहजार नौसय २३ केन्द्राध्यक्ष, दुईहजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चारसय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँचसय ९१ जनशक्ति खटाइएको छ ।आज पहिलो दिन चैत ३ गते  बिहिबार अनिवार्य अङ्ग्रेजी, ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछन । परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकतर्फ चैत १४ गते सम्पन्न हुनेछ । विगतका वर्षमा एसएलसी परीक्षाका रुपमा लिइँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख गरे पनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन गर्न दिएको हो । परीक्षालाई मर्यादित बनाउन तीन तहका सुरक्षा निकाय तैनाथ भएका छन् । परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ । त्यसैगरी, क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको संयुक्त अनुगमन टोली पनि खटेका छन् । 

यसै बीच माध्यमिक शिक्षा परीक्षामा सिरहाका १० हजार ९ सय ७१ विद्यार्थी सहभागी हुँदैछन् । एक सय २८ सामुदायिक र ५४ संस्थागत विद्यालयका गरी नियमिततर्फ ९ हजार २७, एक्जाम्टेडतर्फ ६ सय ८ र आंशिकतर्फ एक हजार तीन सय ३६ विद्यार्थी परीक्षा दिदै छन्।लहानस्थित पशुपति आदर्श माविबाट ४९ छात्रासहित ९१ जना नियमित, चार एक्जाम्टेड र १५ आंशिक गरी एक सय १० जना विद्यार्थी खुल्लातर्फको परीक्षामा सहभागी हुँदैछन् । परीक्षाका लागि सिरहामा ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।सिरहाबाट यो वर्ष ६० जनाले माध्यमिक शिक्षा परीक्षा दिन नपाउने भएका छन् । निर्धारित समयमा परीक्षा फाराम नभरेका, फाराममा गम्भीर त्रुटि देखिएका, समयमा शुल्क नबुझाएका र ७५ प्रतिशत हाजिर नपुगेका ६० जनालाई परीक्षामा सहभागी हुन नदिने जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ ।

यसैबीच विगत वर्षमा एसएलसी परीक्षा मर्यादित बनाउन नसक्ने सिरहाको पाँच केन्द्रहरुमा त्यस विद्यालयको प्रधानाध्यापकहरुलाई केन्द्राध्यक्ष नवनाई यस वर्षदेखि संचालित एसईई परिक्षमा  अर्को केन्द्राध्यक्ष पठाएको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ । केन्द्र तोकिएको विद्यालयको प्रधानाध्यापक नै केन्द्राध्यक्ष हुने प्रावधान रहेपनि परिक्षाको मार्यादा कायम गर्न नसकेको प्रधानाध्यापकहरुलाई कार्वाही स्वरुप केन्द्रध्यक्षको जिम्मेवारीवाट मुक्त हुनु परेको हो । 

जिल्ला शिक्षा कार्यालय सिरहाले जनाए अनुसार पशुपति मावि लहानमा अरुण गिरी , मावि वाल मन्दिर सिरहामा उपेन्द्र यादव , मावि बनिनयाँमा सन्नाउलला खाँ , मावि पडरियामा राम कुमार साह , मावि सुनवर्षमा उमेश साह र चन्द्रलालपुर माविमा राजलाल रायलाई पठाउने निर्णय गरेको हो । वाल मन्दिरका प्रअ काशिन्द्र प्रसाद यादव श्रोत व्यक्तिमा नियुक्त भएकोले त्यस केन्द्रमा उपेन्द्र यादवलाई नियुक्त गरेको हो भन्ने वाँकी पाँच केन्द्रका प्रधानाध्यापकहरुले विगत वर्षको एसएलस िपरिक्षमा मर्यादा कायम गर्न नसकेकोले कार्वाही स्वरुप केन्द्रध्यक्ष नवनाउने निर्णय एसर्ई परिक्षा समन्वय समितिले गरेको जिल्ला शिक्षा अधिकारी अरविन्द लाल कर्णले जानकारी दिए । आज देखि हुन् गईरहेको एसइई परिक्षाका लागि सिरहामा ३८ केन्द्र तोकिएको छ भन्ने ३८ केन्द्राध्यक्ष , ५१ सहायक केन्द्रध्यक्ष ४५४ जना परिक्षा निरिक्षक , २३५ जना कार्यालय सहायक र ५७० सुरक्षाकर्मी परिचालन भएका छन्। विगत वर्षहरुको तुलनामा यस वर्ष परिक्षा मर्यादित हुनुको साथै परिक्षाकेन्द्रमा भयरहित शान्त वातावरणमा परिक्षा संचालन गर्न सम्पुर्ण तयारी पुरा भैसकेको जिल्ला शिक्षा अधिकारी कर्णले बताए । 

यसै बीच  प्रश्नपत्रको गोपनियता भंग गरेमा, गर्न लगाएमा वा सो कार्य गर्न सहयोग पुर्‍याएमा,परीक्षाकेन्द्रमा सम्बन्धित अधिकारीको स्वीकृतिवेगर प्रवेश गर्न प्रयत्न गरेमा, प्रवेश गरेमा र गर्न लगाएमा वा सो कार्य गर्न सहयोग पुर्‍याएमा,परीक्षा केन्द्र नियन्त्रणमा लिएर अमर्यादित कार्य गरेमा, गर्न लगाएमा वा त्यस्तो कार्य गर्न सहयोग पुर्‍याएमा,अरुको तर्फबाट परीक्षा दिएमा, दिन लगाएमा र सो कार्य गर्न सहयोग पुर्‍याएमा,परीक्षा मर्यादा भंग हुने कुनै कार्य गरेमा, गर्न लगाएमा वा सो कार्य गर्न सहयोग पुर्‍याएमा एक लाख रुपैयाँ जरिवाना, ६ महिना जेल वा दुवै सजाय हुन सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यता माध्यमिक शिक्षा परीक्षामा उदयपुरबाट ३ जना दृष्टीविहिनसहित जम्मा ६ हजार विद्यार्थी सहभागी भैरहेका छन् । जिल्ला शिक्षा कार्यालय उदयपुरले तोकेको २४ वटा परीक्षा केन्द्रबाट विद्यार्थीहरुले परीक्षा दिनेछन्। शिक्षा कार्यालयका परीक्षा शाखा प्रमुख लेखनाथ लुईटेलका अनुसार नियमित (रेगुल्लर) तर्फ जम्मा ४ हजार २ सय २५ विद्यार्थी छन्। जसमा छात्रा २ हजार १ सय २२ जना छन् भने छात्र २ हजार १ सय ३ जना छन्। त्यस्तै  सप्तरी जिल्लाबाट १२ हजार ८ सय ९२ जना छात्रछात्राहरु सहभागी भैरहेका छन् ।जिल्लाको कुल ४१ ओटा परीक्षा केन्द्रबाट निजी तथा सामुदायिक समेत गरी एक सय १३ ओटा विद्यालयबाट परीक्षार्थीहरु सहभागी हुन लागेको हो । जिल्ला शिक्षा कार्यालय सप्तरीले दिएको जानकारी अनुसार नियमिततर्फ ८ हजार ६ सय ३९, एक्जाम्पटेडतर्फ १ हजार ४ सय ६९ र अपग्रेडतर्फ २ हजार ७ सय ८४ जना छात्रछात्रा परीक्षामा सहभागी हुन लागेका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.