शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा रेडक्रसको २९ औं सभाको अधिवेशन सम्पन्न
चैत्र ४, २०७३ | सरगम खबर समाचारदाता

शुभ नारायण कामती - 
सिरहा, ४ चैत्र । नेपाल रेडक्रस सोसाइटी सिरहाले आर्थिक वर्ष २०७४÷०७५ का लागी ५ करोड २६ लाख ५१ हजारको अनुमानित आय–व्यय प्रस्तुत गरेका छन् । रेडक्रसले शुक्रबार सिरहाको औरही (हक्पारा) मा आयोजित गरेको २९ औं जिल्ला सभाको अधिवेशनमा रेडक्रसका कोषाध्यक्ष प्रमोद कुमार पौद्यारल ५ करोड २६ लाख ५१ हजारको अनुमानित आय–व्यय प्रस्तुत गरेको हो ।अधिवेशनमा रेडक्रस सिरहाका कोषाध्यक्ष पौद्यारले रेडक्रसले आर्थिक वर्ष २०७२÷०७३ विभिन्न निकायवाट ३ करोड ७२ लाख ३ हजार २ सय २० रुपैया आम्दानी प्राप्त भएको जानकारी गराएका छन् । आर्थिक वर्ष २०७२÷०७३मा रेडक्रसले दैनिक भ्रमण भत्तामा ५६ हजार ५५, कार्यालय समानमा ३१ हजार ८ सय २९, बैठकमा ५९ हजार ६ सय ५ इनधनमा, २३ हजार ४ सय ७ मर्मत सम्भार, २७ हजार १ सय ७३ फोटोकापी सञ्चालनमा २४ हजार ७ सय ५ खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।

यसैगरी रेडक्रसले आर्थिक वर्ष २०७२÷०७३ मा आन्तरिक श्रोतवाट ९२ लाख २८ हजार ७ सय ४३ र अनुदानवाट १ करोड २९ लाख ४० हजार २ सय ८५ प्राप्त गरेको जानकारी गराएका कार्यक्रममा रेडक्रस सिरहाका मन्त्री राजदेव ठाकुरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिरहाका सभापति राजदेव यादवको सभापतित्वमा भएको उक्त सभामा सिरहा जिल्ला अदालतका न्यायधीश चन्द्रमणी ज्ञवालीको प्रमुख अतिथीको रुपमा सहभागी थिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.