शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आगलागीबाट पाँच लाख बढीको क्षति
चैत्र ५, २०७३ | सरगम खबर समाचारदाता

सप्तरी,झापा २०७३ चैत्र ५ गते।
सप्तरी र झापा जिल्लामा शनिबार भएको आगलागीबाट ५ लाख भन्दा बढीको क्षति भएको छ। सप्तरीको सितापुरमा कुखुरा फर्ममा आगलागी हुँदा १ लाख ७४ हजार बराबरको क्षति भएको छ।सप्तरी सितापुर १ बस्ने देवपुजम चौधरीको बाँसको बेरा र फुसको छानो भएको कुखुरा फर्ममा बिधुत सर्ट भई अचानक आगलागी भएको हो।आगलागीबाट कुखुराको फर्म र कुखुरा सम्पुर्ण रुपमा जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पिडीतले बताए।उक्त आगलागी प्रहरी र स्थानियसावीको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ।

यसैगरी सप्तरीकै तेरहौता-५ मा रहेको शनिदेब सामुदायिक जंगलमा आगलागी भईरहेको छ भन्ने सुचना पाउनासाथ इलाका प्रहरी कार्यालय रुपनीबाट टोली खटिई गई उक्त आगलागी नियन्त्रणमा आएको छ।आगलागीबाट सोही ठाँउ बस्ने पनुपलाल चौधरीको गुवाली गोठमा समेत आगलागी हुँदा अन्दाजी २५ हजार बराबरको क्षति भएको क्षति भएको उक्त कार्यालयले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन्।


त्यस्तै झापाको बाहुनडागी ७ स्थित शेर बहादुर राईको काठको बेरा र टिनको छानो भएको एक तले घरमा अचानक आगलागी हुँदा अन्दाजी ३ लाख ५० हजार बराबरको क्षति भएको छ।राईको घरमा दिउँसो अचानक चुल्होबाट आगो सल्किन गई राईको घर र सम्पुर्ण सर-सामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पिडीतले बताए।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.