शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा निजी विद्यालयको मिलेमत्तोमा परीक्षा अमर्यादित (फोटोफिचर सहित)
चैत्र ६, २०७३ | सरगम खबर समाचारदाता

सिरहा, ६ चैत । 
सिरहामा आफ्नै विद्यालयका शिक्षकहरु निरीक्षक (गार्ड) मा बस्न नमानेको भन्दै केन्द्राध्यक्षहरुले निजी स्कूलहरुसँग रकम लिई तिनकै शिक्षकहरुलाई गार्डमा राख्ने गरेको पाइएको छ । सेन्टर खर्चको लागि सहयोग गर्ने र गार्ड बापतको रकम पनि नलिने शर्तमा केन्द्राध्यक्षहरुले निजी विद्यालयका शिक्षकलाई गार्ड गरेको बुझिएको छ । रामदुलारी उच्च मा.वि. कल्याणपुर जब्दीका केन्द्राध्यक्ष लालदेव साहले आफ्नै विद्यालयको शिक्षकलाई गार्ड नगराखी परीक्षामा सहभागी रहेका निजी विद्यालयको शिक्षकहरुलाई परीक्षाको गार्डमा राखेका हुन् । परीक्षा संचालन भईरहेको बेला एउटै परीक्षा कोठामा तीन चार जना गार्ड रहेको र फ्ल्याप बाटै विद्यार्थीले उत्तर सारिरहेको फोटो पत्रकारले खिच्न लाग्दा केन्द्राध्यक्ष साहले फोटो खिच्न समेत रोक लगाउनु भयो । उहाँले फोटो खिच्न दिने माथिको अनुमति छैन भन्दै फोटो खिच्न अवरोध गर्नु भयो । संचारकर्मीले परीक्षा निरीक्षकहरुको नामावली माग्दा समेत दिनु भएन ।

 केन्द्राध्यक्ष साहले हामीले दिनुपर्ने ठाउँमा दिएको छु तपाईहरुलाई दिन जरुरी छैन भन्दै संचारकर्मीहरुलाई परीक्षा केन्द्रमा धेरै समय नवस्न भन्दै बाहिर जान भन्नुभयो । उक्त परीक्षा केन्द्रमा जनता बनवाली उच्च मा.वि बर्छवा र स्वस्तिक पाठशाला मिर्चैयाको परीक्षा केन्द्र रहेको छ । यसैैगरी, जनता मा.वि. कसहा, मोहन मा.वि. मिर्चैया, जनता बनवाली, जनसेवा उच्च मा.वि. बन्दिपुर परिक्षा केन्द्रहरुमा नीजि विद्यालयका शिक्षकहरु निरीक्षक रहेका छन् । निजी विद्यालयहरुले अरु नै विद्यालयको फर्जि परीचय पत्र बनाई गार्ड बस्ने गरेको छ । यता, जिल्ला शिक्षा अधिकारी अरविन्द्र लाल कर्णले आफ्नै विद्यालयका शिक्षक अपुग भए मात्र अरु विद्यालका शिक्षकले राख्ने निर्देशन दिएको बताउनु भयो । कुनै प्रलोभनमा परी परीक्षामा निजी विद्यालयका शिक्षकहरु निरीक्षक राखेको भए उनीहरुमाथि कार्वाही हुने बताउनु भयो । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.