शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ट्रिपरको ठक्करबाट युवकको मृत्यु , बस दुर्घटनामा दश घाईते
चैत्र ६, २०७३ | सरगम खबर समाचारदाता

सप्तरी, चैत्र ६ गते।
सप्तरीको शम्भुनाथ नगरपालिका १ मा आईतबार बिहान ट्रिपरको ठक्करबाट साईकलमा सवार एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा साईकलयात्री शम्भुनाथ नगरपालिका ३ बस्ने २३ बर्षिय किसन सदा रहेका छन्।सदालाई पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आईरहेको ना १ क ५३६५ नम्बरको ट्रिपरले सोही दिसातर्फ जाँदै गरेको साईकललाई ठक्कर दिएको थियो।ठक्करबाट घाईते सदालाई उपचारको क्रममा सगरमाथा अंचल अस्पताल राजबिराजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।यता उदयपुरको लेखानीमा कुखुरा बोकेको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना भएको छ।लेखानी ३ सिद्धिचरण राजमार्ग अन्तर्गत कटारीबाट ४ क्विन्टल कुखरा बोकेर घुर्मीतर्फ जाँदै गरेको को १ च ६६८९ नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

यता झापाको लखनपुर १ सितापुरी चौकमा आईतबार साँझ यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा दश जना घाईते भएका छन्।पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ आँउदै गरेको बा ३ ख ७८१५ नम्बरको यात्रुबाहक बसले बिपरित दिसाबाट आँउदै गरेको मे ३ प ५३९१ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको थियो।दुर्घटनामा परी मोटरसाईकल चालकसहित सात महिला र तीन पुरुष घाईते भएका छन्।घाईतेहरुलाई उपचारकालागी दमकस्थित लाईफलाई अस्पतालमा पठाईएकोमा थप उपचारकालागी तीन जनालाई बिराटनगरस्थित न्यूरो अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।बसका चालक फरार रहेकोले खोजिकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.