शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पत्रकार सिंहलाई कुटपिट गर्दै मार्ने धम्की
चैत्र ७, २०७३ | सरगम खबर समाचारदाता

लहान, २०७३ चैत्र ७ - 
सिरहा स्थित नया पत्रिकाकर्मी दिलीप सिंहलाई लहान स्थित निजी विद्यालयका एक जना प्रिन्सिपलले कुटपिट गर्दै मार्ने धम्की दिएका छन् । लहान स्थित सिता नोबेल न्युज सेन्टर भित्र कम्प्युटरमा सामाचार लेखिरहेको अवस्थामा देब आइडियल इङ्गलिश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल मुरारी साहले सामाचारको विषयलाई लिएर सोमबार साझ कुटपिट गरि ठिक्क पार्दिने धम्की दिएका हुन् । माध्यमिक शिक्षा परीक्षा अन्तर्गत लहान स्थित पडरिया थारु टोल केन्द्रमा आइतवार भएको गणित विषयको परीक्षामा सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी सोमराज भट्टराई, प्रहरी उपरीक्षक शेखर कोइराला सहितको अनुगमन टोलीले नक्कली निरीक्षक पक्राउ गरेको सामाचार नया पत्रिकामा सोमबार प्रकाशित भएको थियो । उक्त सामाचारको विषयलाई लिएर प्रिन्सीपल साहले धम्की दिएको नया पत्रिकाकर्मी दिलीप सिंहले बताए । 

उनका अनुसार मुरारी साहले नक्कली निरीक्षक पक्राउ बारे सामाचार किन पत्रिकामा प्रकाशन गरेको भन्दै कुटपिट गर्ने धम्की दिएको हो । पत्रकार सिंहले भने –‘म सामाचार लेखिरहेको थिए । सो ठाउमा आएर समााचार किन लेखेको भनि उफ्रिदै गालि गलोज गर्दै छाला फुट्नेगरी कुटपिट गर्ने भन्दै धम्क्यायो ।’ प्रिन्सिपल साहले सामाचार लेख्ने ठाउबाट अहिले नै बाहिर आऊ मलाई कसैको डर छैन यही ठाउमा मर्ने गरि कुट्दै ठिक पार्दिने धम्की दिएका थिए । साहले पत्रकार सिंहलाई धम्की दिएको अडियो रेकर्ड सुरक्षित रहेको सिंहले बताएका छन्। यसै बीच शेख मिडिया हाउस प्रालि लहान र प्रेस चौतारी नेपाल शाखा सिरहा प्रेस विज्ञप्तिमार्फत धम्की दिएको कार्यको भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न सम्बन्धीत निकाय समक्ष माँग गरेका छन् । सिरहाका निमित प्रमुख जिल्ला अधिकारी सोम प्रसाद भट्टाइले पत्रकारलाई धम्की दिनेमाथि कानून बमोजिम कारवाही गर्ने वताएका छन् ।

यता मुरारी साहका अनुसार समाचारको सन्तुलन न मिलेको पत्रकार सिंह लाई समाचारको सन्तुलन मिलाएर लेखन आग्रह गर्दा मलाई न राम्रो शव्द भन्दा मैले गालिगलोज गरि कुटपिट गर्ने धम्कि दिएको स्वीकारेका छन्।साहका अनुसार पक्राउ परेका शिक्षक २ दिन देखि उक्त सेन्टरमा निरीक्षकको रुपमा बसी    रहदा पनि केन्द्र  प्रमुखले  किन राख्यो त्यसलाई किन कारवाही भएन त्यसको बारेमा किन न लेखेको भनि भन्दा मलाई जे मनलाग्छ त्यो लेख्छु तपाईके गर्न सक्नु हुन्छ भनेर भन्दा मैले यस्तो भनेको बताए । 
                 
शेख मिडिया हाउस लहान द्वारा जारि प्रेस बिज्ञप्ति जस्ताको त्यस्तै 

सिरहाको लहानमा एसइइ परीक्षा अन्तर्गत आइतवार भएको अनिवार्य गणितको परीक्षामा नक्कली निरिक्षक पक्राउ परेको समाचार सोमबारको नयाँ पत्रिकामा प्रकाशन भएको विषयलाई लिएर देव आइडियल बोर्डिङ्ग स्कूलका प्रिन्सिपल मुरारी प्रसाद साहले लहान स्थित रहेको सिता नोवेल न्यूज सेन्टर (पत्रिका पसल) अगाडी नयाँ पत्रिकाका सिरहा समाचारदाता दिलिप सिंहलाई कुटपिट गर्ने धम्की दिएको प्रति यस मिडिया हाउसको गम्भीर ध्यानाकर्षण भएको छ ।सामाचार लेखेको निहुमा पत्रकार सिंहलाई गाली वेइजती गरी दुरव्यवहार गरेको घटनाको निन्दा र भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न सम्बन्धित निकायलाई जोडदार माग गर्दछौं साथै भयरहित वातावरणमा पत्रकारहरुलाई समाचार संकल तथा सम्प्रेशन गर्ने वातावरण वनाईदिनहुन सबै पक्षसंग अनुरोध गर्दछौं ।
...........................
फिरोज शेख
(अध्यक्ष)

प्रेस चौतारी नेपाल शाखा सिरहा द्वारा जारि प्रेस बिज्ञप्ति जस्ताको त्यस्तै 

२०७३ चैत्र ७ गते

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहेका नयाँ पत्रिका दैनिकका सिरहा सम्वाददाता दिलीप सिंहलाई २०७३ चैत्र ७ गते साँझ सिरहाको लहानस्थित सिता नोवेल न्युज सेन्टर भित्र बसिहरेको बेला लहानका देव आइडियल इङ्गलिस बोर्डिंग स्कुलका प्रिन्सपील मुरारी साहले मार्ने धम्की दिएको कार्यको प्रेस चौतारी नेपाल शाखा सिरहा भत्र्सना गर्दछ ।  प्रिन्सपल साहले नक्कली निरीक्षक पक्राउ बारे समाचार किन लेखेको भन्दै मार्ने धम्की दिएको पीडित सञ्चारकर्मी सिंहले बताए । सिंहले सोमबारको नयाँ पत्रिकामा नक्कली निरीक्षक पक्राउ सम्बन्धी समाचार लेखेका थिए । शिक्षा पेशामा लागेका प्रिन्सपल जस्तो जिम्मेवार व्यक्तिले सञ्चारकर्मीलाई सार्वजनिक स्थलमा मार्ने धम्की दिनु कार्य अपराधिक कार्य भएको हाम्रो ठहर छ । कुनै पनि प्रकाशित वा प्रशारित समाचारमा चित्त नबुझे कानुनी उपाय हुँदा हुदै शिक्षा पेशामा संलग्न जिम्मेवार व्यक्तिले यस्तो कार्य गर्नु खेद जनक छ ।  
सञ्चारकर्मीलाई मार्ने धम्की दिने घटनाको छानवीन गरी दोषीलाई कार्वाह ीगर्न सम्बन्धीत निकाय समक्ष माँग गर्दछौ । 

रामभरोसी महतो
अध्यक्ष

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.