शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मावि भलुवाही केन्द्रबाट नक्कली निरीक्षक पक्राउ
चैत्र ७, २०७३ | सरगम खबर समाचारदाता

सिरहा, ७ चैत्र । मावि भलुवाही केन्द्रमा केन्द्राध्यक्ष र बोडिङ्ग स्कूलको मिलोमतोमा परीक्षा अमर्यादित भइरहेको खुलाशा भएको छ । भलुवाही केन्द्रबाट परीक्षामा अनियमितता गरेको आरोपमा मिथिला सरस्वती आवासीय मा.वि.का विज्ञान शिक्षक सन्तोष मंडल चिट सहित पक्राउ परेपछि सो को खुलाशा भएको हो । मावि भलुवाहीमा रहेका मिथिला सरस्वती मा.वि.का शिक्षक भरत मंडल सहायक केन्द्राध्यक्ष रहेको र उक्त केन्द्रमा रहेका द डायनामिक से.बा.इ र मिथिला सरस्वती आवासयी मा.वि.का विद्यार्थी एउटै कोठामा राखी परीक्षा लिने गरेको पाइएको छ । सो परीक्षा केन्द्रबाट मोवाइलको म्यासेन्जर, भाइवर र आइएमओ वाट प्रश्नपत्र बाहिर पठाई फ्ल्याप तयार गरी चिट चोराउने गरेको नाम सार्वजनिक नगर्ने सर्तमा प्रत्यक्ष दर्शीहरु बताउँछन् ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.