शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाका कृषकलाई मत्सयपालन तालिम
चैत्र ७, २०७३ | सरगम खबर समाचारदाता

शुभ नारायण कामती - 
सिरहा, ७ चैत्र । सिरहाका कृषकलाई व्यवसायिक मत्सयपालन प्रविधि विषयक तीन दिने तालिम सोमबारबाट सिरहामा सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय, सिरहाको आयोजनामा शुरु भएको सो तालिममा ४ कृषि सेवा केन्द्र र १० कृषि सम्पर्क केन्द्रबाट २० जना कृषक सहभागी रहेको मत्सय विकास शाखाका प्राविधिक सहायक महेश यादवले वताएका छन् । माछा पालन सम्बन्धी सीप विकास गर्ने उद्देश्यले सञ्चालन भएको सो तालिमको सहजीकरण जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख डा. रामचन्द्र यादव, मत्सय विकास अधिकृत फुलगेन यादवले गरेको कार्यालयको प्राविधिक सहायक यादवले जानकारी दिएका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.